Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

सबै मिलेर गाउँकाे बिकास गराैं : गापा अध्यक्षका उम्मेदवार सिंह

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र सिंहले बुधबार पदभार ग्रहण गरेका छन् । गाउँ कार्यपालिकाकाे कार्यालय भिस्वामा भएकाे सपथ ग्रहण पश्चात वडा कार्यालय जयमंगलापुरमा पुगेर वडाध्यक्ष दिपेन्द्रले पदभार समेत ग्रहण गरेका थिए ।

त्यस अघि नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहले वडा कार्यालयकाे रिबन काटेर उद्घाटन गरेका थिए ।

त्यसपछि कांग्रेसबाट नै वडाध्यक्षमा निर्वाचित दिपेन्द्रलाई गाउँपालिका अध्यक्षका उम्मेदवार समेत रहेका सह सचिव सिंहले फुल माला र अविरकाे टिका लगाएर बधाई तथा सफल कार्यकालकाे शुभकामना समेत दिएका थिए ।

साे अवसरमा वाेल्दै सह सचिव सिंहले वडाबासीकाे चाहना अनुसार काम गर्न वडाध्यक्षलाई आग्रह गरे । उनले वडा बासीकाे समस्याकाे पहिचान गरी साेही अनुसारकाे प्राथमिकता निर्धारण गरेर काम गर्नु पर्ने सह सचिव सिंहले सुझाए । 

उम्मेदवार सिंहले सबै मिलेर गाउँपालिका विकास गर्नु पर्ने वताए । आफु निर्वाचन हारे पनि सधै जनताकाे सेवामा रहने वताउँदै सिंहले सबै मिलेर नमुना गाउँपालिका बनाउनु पर्ने धारणा राखे ।

यसैगरी छिपहरमाई गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रामेश्वर महताेले पदभार ग्रहण गरेका छन् । कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित महताेलाई पनि सह सचिव सिंहले फुल माला र अविरकाे टिका लगाएर बधाई तथा सफल कार्यकालकाे सुभकामना दिएका थिए ।   

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...