Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सागढीबाट बन्दुकसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरी बन्दुकसहित एक जनालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय एकटाँगा र अस्थायी प्रहरी पोष्ट मनवाबाट संयुक्त रुपमा खटिएकाे टोली पर्सागढी नगरपालिकाकाे वडा नं.९ बस्ने वर्ष २७ को मनोज भन्ने शिबु माझी मुसहरलाई पक्राउ गरेकाे हाे ।

प्रहरी टोलीलाई देख्नासाथ निज मनोज भन्ने शिबु माझी मुसहरले भाग्दै गरेको अवस्थामा शनिबार सांज ७ बजे १२ बोरको १ नाले घरेलु बन्दुकसहित निजलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । पक्राउ गरेका मुसहरमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका मुसहरले १२ बोर एक नाले बन्दुक बोकी बडेर्वाबाट तेलिया टोलतर्फ जाँदै गरेको भन्ने सूचना प्राप्त भई खोजतलास तथा अनुसन्धानको क्रममा प्रहरी खटिएको थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...