Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

वीरगंज १० काे वडाध्यक्षमा जसपाका सुशिल विजयी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० काे वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सुशील कुमार कानु निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका निवर्तमान वडाध्यक्ष राम नगिना प्रसाद कानुलाई पराजित गर्दै ३३ वर्षीय सुशील आफ्नो पूरै प्यानलसहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् । सुशीलले वडा अध्यक्ष राम नगिनालाई ४ सय ७३ मतको अन्तरले पराजित गर्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालय वीरगंजले जनाएको छ ।

आइतबार बिहान सम्पन्न वडा नम्बर १० को मतगणनाको अन्तिम परिणामअनुसार जसपाका सुशीलले १ हजार ५ सय ९६ मत पाउँदा काँग्रेसका राम नगिना १ हजार १ सय २३ मत मै सिमित भएका छन् ।

त्यस्तै नेकपा एमालेका अजय गुप्ता ८ सय १९ मत पाउँदै तेस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार प्रकाश खेतान २ सय ३० मत प्राप्त गरी चौथो भएका छन् ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १० नेपाली कांग्रेसबाट मधेश प्रदेशका लागि जलस्रोत तथा उर्जामन्त्री ओमप्रकाश शर्माको गृह वडा हो ।

यस अघिकाे २०७४ काे निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षमा चुनाव लडेका सुशील कांग्रेसका राम नगिनासँग झिनो मतको अन्तरले पराजित भए थिए । सुशिल वडाध्यक्षमा पराजित भएपनि महानगरपालिकाको कार्यपालिका सदस्य पार्टी बनाएकाे थियाे ।

वडाध्यक्षमा विजयी सुशिलसहितका वडा समितिका सदस्यहरुलाई जसपाका वीरगंजका महानगरपालिका मेयरका उम्मेदवार राजेशमान सिंह, जसपाका नेता मुकेश द्विवेदी लगायतका नेता तथा उनका समर्थकहरुले मतगणना स्थल मै फुल माला, खादा र अविरकाे टिका लगाएर बधाई तथा सुभकामना दिएकाे निखिल बर्णवालले वताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गौतम स्कूलमा सशस्त्र प्रहरी बलको भूमिकाबारे सचेतनामूलक कार्यक्रम

वीरगंज । गौतम स्कूल वीरगंजमा सशस्त्र प्रहरी बलको भूमिका सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका...

मानव बेचबिखन र लैंगिक हिंसा नियन्त्रणमा साझा सहकार्यको आवश्यकता

वीरगंज । मानव बेचबिखन तथा ओसारपसार एवम् लैंगिक हिंसाका घटना न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच एकीकृत समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ...

अलौं प्रिमियम लिगको उपाधि अलौं किंगसलाई, पूर्व मेयर सरावगीद्वारा ट्रफी वितरण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १७ अलौंमा आयोजना गरिएको अलौं प्रिमियम लिग क्रिकेट प्रतियोगिताको उपाधि अलौं किंगसले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा...