Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

पराजित र जितेका वडाध्यक्ष समर्थक बिच झडप, ६ जना घाइते

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २७ मा चुनावकाे विषयलाई लिएर झडप हँदा आधा दर्जन भन्दा बढी ब्यक्ति घाइते भएका छन् । वीरगंज २७ को वडा अध्यक्षमा कांग्रेसका हृदयनारायणप्रसाद कुर्मी विजयी भएपछि एमालेका उम्मेदवार निवर्तमान वडाध्यक्ष प्रदीप कुमार यादवका समर्थक र कांग्रेस समर्थक बिच झडप भएकाे हाे ।

झडपमा परी स्थानीय ५८ वर्षीय नेमा रेशा, ३० वर्षीया आयसा भन्ने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र  १९ वर्षीय जाहिर हवारी घाइते भएका हुन् । उनीहरु मध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । 

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जना उपचारपछि घर फर्किए सकेका तथा महम्मद मियाँ र आयसा खातुनको वीरगंजस्थित नारायणी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वडाकाे धाेबियापटी टाेलममा एमाले उम्मेदवार समर्थक एक महिलाले बिहिबार सांझ गाली गलाैज गरेपछि कांग्रेस समर्थकसंग विवाद भएकाे थियाे । वडामा पराजित भएका एमाले समर्थक ति महिलाले पैसा पनि लिएर भाेट नदिएकाे भन्दै गालीगाैलज गर्न थालेपछि कांग्रेस समर्थकसंग विवाद भएकाे थियाे ।

स्थानियहरुले गाली गालाैज किन गरेकाे भन्दै साेधेपछि ति महिलाले पराजित भएका एमालेका वडाध्यक्षका उम्मेदवार प्रदिपलाई फाेन गरेर बाेलाएकी थिइन । त्यसकाे केही बेर मै प्रदिप आफ्नाे समर्थकसंग पुगेपछि विवाद हुँदा झडप समेत हुन पुगेकाे स्थानियहरुले वताएका छन् । 

साेही क्रममा वडाध्यक्षमा विजयी भएकाे कांग्रेस समर्थकले विजय जुलुश पनि निकालेकाे थियाे । तर जुलुश साे टाेलमा नपुग्दै झडप हुन पुगेकाे स्थानियहरुकाे भनाई छ । स्थानियहरुका अनुसार झडमा परी केही स्थानियहरु पनि घाइते भएका छन् ।

वीरगंज २७ को वडाध्यक्षमा १ हजार ५१६ मतका साथ कांग्रेसका कुर्मी विजयी भएका थिए । निवर्तमान वडाध्यक्ष एंव एमाले उम्मेदवार यादव भने कुर्मीभन्दा ४०५ मत कम अर्थात १ हजार ११६ मत पाएर पराजित भएका थिए । 

प्रहरीले घटनामा संलग्न भएको आरोपमा वडाध्यक्षमा पराजित यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । यादवसहित ३३ वर्षीय नुर महमद र ३५ वर्षीय शर्माप्रसाद कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

घाइतेहरुले आक्रमणमा वडाध्यक्षमा पराजित निवर्तमान वडाध्यक्ष यादवको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएपछि सोधपुछका लागि उनीसहित ३ जनालाई ल्याइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...