Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बहुदरमाईकाे प्रमुखमा जसपा र उप प्रमुखमा एमाले विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र उप प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगर प्रमुखमा जसपाका सिंगासन साह तेली ३४६ मतले विजयी भएका हुन् । तेलीले ६ हजार ४ मत ल्याएर विजयी भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ । उनकाे निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका शिव पटेलले ५ हजार ६ ५८ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका निर्वतमान नगर प्रमुख नितेन्द्र साहले ५ हजार ५ सय १६ मत प्राप्त गरी तेस्राे स्थानमा पुगेका छन् । नेकपा एकीकृत समाजवादीका माेहन प्रसाद यादव २ सय ६१ मत, नेकपा माओवादी केन्द्रका शिवशंकर प्रसाद यादव २५० मत र जनमत पार्टीका बिरेन्द्र प्रसाद ११४ मत पाएका छन् ।

नगर उप प्रमुखमा एमालेकी सुस्मा कुमारी कुशवाहा ६ हजार ४ सय ४० मत ल्याएर विजयी भएकी छन् । उनकाे निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी साेनामती यादव ५ हजार ५ सय २५ मत पाएकी छन् । नगर उप प्रमुखमा सुस्मा ९१५ मतान्तरले विजयी भएकी हुन् ।

जसपाकी शान्ति कुशवाहा ४ हजार ५ सय ६६ मत, नेकपा एसकी सिता देवी साह ४ सय १९ मत, माओवादी केन्द्रकी विद्यावती देवी २ सय ७६, जनमत पार्टीकी सारधा देवी १ सय ३० र नेपाल सुशासन पार्टीकी शिवराती देवी ४६ मत पाएका छन् । 

९ वटा वडा रहेकाे नगरपालिकाकाे ४ वटामा कांग्रेस, ३ वटामा एमाले र एक वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

वडा नं. १ काे वडाध्यक्षमा कांग्रेसका प्रमाेद यादव, २ मा कांग्रेस कै जितेन्द्र पटेल, ३ मा एमालेका दिनेश यादव, एमाले कै सुरेन्द्र यादव, ५ मा एमालेका सुनिल कुशवाहा, ६ मा स्वतन्त्र उम्मेदवार प्रमाेद प्रसाद साह, ७ मा जसपाका बिरेन्द्र यादव, ८ मा नेपाली कांग्रेसका पुनिलाल साह तेली र ९ मा कांग्रेस कै रविन्द्र कुमार गुप्ता विजयी भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...