Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सरकारी जागिर छाडेर चुनाव लडेका कुशवाहा नगर प्रमुखमा विजयी

spot_img
spot_img

वीरगंज । सर्लाहीकाे बलरा नगरपालिकाकाे प्रमुखमा सरकारी सागिर छाडेर चुनाव लडेका रामशंकर कुशवाहा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका कुशवाहा ४६४३ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बलराले जनाएकाे छ ।

उनकाे निकटतम् प्रतिद्वन्दी लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका अभय कुमार सिंह ३६३१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका काैशल किशाेर सिंह २६८१ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका नागेन्द्र झा २४५५, नेकपा एमालेका सचित्र सहनी १०८७ र जनमत पार्टीका संजय कुमार सिंह ७६१ मत पाएका छन् ।

नगर प्रमुखमा विजयी कुशवाहा शिक्षककाे स्थायी जागिरबाट राजिनामा दिएर चुनाव लडेका थिए ।

नगर उप प्रमुखमा माओवादी केन्द्रकी काेशिला देवी विजयी भएकी छन् । उप प्रमुखमा काेशिला ४३५१ मत ल्याएर विजयी भएकी निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

उनकाे निकटतम् प्रतिद्वन्दी लाेसपाकी रागनी देवी ३७४० मत, कांग्रेसकी किरण देवी ३०८७ मत, जसपाकी हेमन कुमारी २१०७ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...