Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

वीरगंज कारागारमा दुई महिलासहित २४६ जनाद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । पहल संस्था वीरगंजकाे आयोजनामा शनिबार वीरगंज कारागारमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज कारागारको सहयोगमा भएकाे कार्यक्रममा दुई महिलासहित २४६ जनाले रक्तदान गरेका छन् ।
 
जेलर कृष्ण गैरे र आयाेजक पहल संस्थाका अध्यक्ष दिलिप राज कार्कीले संयुक्त रूपमा रक्तदान गरी कार्यक्रमकाे उद्घाटन गरेका थिए ।
 
साे कार्यक्रममा सशस्त्र प्रहरीका एसपी तेज प्रसाद पोखरेल, कृष्णा कुमार गुप्ता, सागर थापा, गाेपाल सामी, दिपक चाैलागाई, रमेश साह, अशाेक गिरी, राज कुमार पटेल, संजय थारु, सुनिल साह तेली, राजेन्द्र थापा, संजय राणा, मुन्ना आलाम, बिकास तिवारी, दिपेन्द्र प्रसाद, सुरेश साह, सबिर मंसुर, दिनेश भुषाल, कृष्णा राम, निरज मेहता लगायतकाले रक्तदान गरेका हुन् ।
 
रक्तदान कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल, श्री जंग गण वीरगंजका प्रमुख कर्णेल जय राम थापा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत, प्रहरी नायब उपरिक्षक प्रहलाद कार्की, समाजिक अभियन्ता प्रकाश थारु, डाक्टर महेश सिंह धामी, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे लगायतकाे उपस्थिति रहेकाे थियाे ।
 
अत्याधिक गर्मी र चुनावको समयमा रक्तदान कार्यक्रममा कमि भएकाे कारण रक्तकाे चरम अभावलाई मध्यनजर गर्दै कारागारकाे समन्वय रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...