Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वीरगंज कारागारमा दुई महिलासहित २४६ जनाद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । पहल संस्था वीरगंजकाे आयोजनामा शनिबार वीरगंज कारागारमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज कारागारको सहयोगमा भएकाे कार्यक्रममा दुई महिलासहित २४६ जनाले रक्तदान गरेका छन् ।
 
जेलर कृष्ण गैरे र आयाेजक पहल संस्थाका अध्यक्ष दिलिप राज कार्कीले संयुक्त रूपमा रक्तदान गरी कार्यक्रमकाे उद्घाटन गरेका थिए ।
 
साे कार्यक्रममा सशस्त्र प्रहरीका एसपी तेज प्रसाद पोखरेल, कृष्णा कुमार गुप्ता, सागर थापा, गाेपाल सामी, दिपक चाैलागाई, रमेश साह, अशाेक गिरी, राज कुमार पटेल, संजय थारु, सुनिल साह तेली, राजेन्द्र थापा, संजय राणा, मुन्ना आलाम, बिकास तिवारी, दिपेन्द्र प्रसाद, सुरेश साह, सबिर मंसुर, दिनेश भुषाल, कृष्णा राम, निरज मेहता लगायतकाले रक्तदान गरेका हुन् ।
 
रक्तदान कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल, श्री जंग गण वीरगंजका प्रमुख कर्णेल जय राम थापा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत, प्रहरी नायब उपरिक्षक प्रहलाद कार्की, समाजिक अभियन्ता प्रकाश थारु, डाक्टर महेश सिंह धामी, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे लगायतकाे उपस्थिति रहेकाे थियाे ।
 
अत्याधिक गर्मी र चुनावको समयमा रक्तदान कार्यक्रममा कमि भएकाे कारण रक्तकाे चरम अभावलाई मध्यनजर गर्दै कारागारकाे समन्वय रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...