Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

एमाले गएका अन्सारी र कुर्मी पुनः जसपामै फर्के

spot_img
spot_img

वीरगञ्ज । केही दिन अगाडि जसपा त्यागेर नेकपा एमाले प्रवेश गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का निर्वाचित वडा सदस्य मुस्तफा अन्सारी र वडा नम्बर ५ का निर्वाचित वडा सदस्य सुरज पटेल पुनः जसपामै फर्केका छन् ।

अन्सारी र कुर्मीले बुधबार पुनः जसपामा प्रवेश गरेका हुन् । दुबै जनालाई सांसद प्रदीप यादवले फुलमाला लगाएर पुनः पार्टीमा प्रबेश गराएका थिए । जसपाको नेतृवसँग रुष्ट भएर एमाले प्रवेश गरेका सदस्यद्वयसँग जसपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद यादवले भेटघाट गरेर असन्तुष्टिहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरु पुनः जसपामा फर्केको बुझिएको छ ।

उनीहरुलाई प्रवेश गराउँदै सांसद यादव नेताहरुको वापसीसँगै जसपामा ऊर्जा थपिएको बताए । ‘युवाहरु पार्टीको ऊर्जा हुन् । युवा नेता गएदेखि पार्टी अलि खल्लो जस्तो भएको थियो,’ यादवले भने, ‘फिर्ता आएपछि पार्टीमा रौनक बढेको छ ।’

यादवले जनतालाई एमालेले धेरै दिनसम्म भ्रमित पारेर राख्न नसक्ने बताए । मधेस आन्दोलन चलिरहँदा जनताको टाउको र छातीमा गोली चलाउने एमाले आज मधेशवादको खोल ओढेर यहाँको जनतालाई झुक्याउन खोजिरहेको उनले आरोपसमेत लगाए ।

साे अवसरमा जसपा नेता एवम् वीरगंज महानगरपालिकाका मेयरका प्रत्यासी राजेशमान सिंह लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...