Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जीउ मास्ने बेच्ने मुद्दाका फरार व्यक्ति ३२ वर्षपछि पक्राउ

spot_img
spot_img

वीरगंज । जीउ मास्ने बेच्ने मुद्दाका फरार व्यक्ति ३२ वर्षपछि पक्राउ परेका छन् । पर्साकाे साविक गाबिस ठोरी वडा नं.९ घर भई हाल उदयपुरकाे कटारी नगरपालिका वडा नं. ३ मा लुकीछिपी बसिरहेको ५७ बर्षिय विष्णु वहादुर थापालाई प्रहरीले पक्राउ गरेकाे हाे । 

मिति २०४६।०५।१८ गते २ जना महिलालाई भारत, मुम्बईको कोठीमा लगी बिक्री गरेको भन्ने व्यहोराको जाहेरी दरखास्तमा जिल्ला प्रहरी कार्यालयबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजनपश्चात पर्सा जिल्ला अदालतबाट मिति २०६१।१२।१४ गते भएको फैसला अनुसार कसूर ठहर भएका थापालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अदालतले थापालाई १० वर्ष कैद र रू. २५ हजार जरिवाना सजाँय तोकेकाे थियाे । त्यसपछि हालसम्म उनी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फरार कसूरदार पक्राउ टोलीले उनलाई बुधबार लुकीछिपी बसिरहेको स्थानबाट पक्राउ गरी ल्याई  पर्सा जिल्ला अदालतमा बुझाएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...