Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026

पानी र बिजुलीमा न्युनतम शुल्क मिनाहा गर्छाैं : सांसद यादव

spot_img
spot_img
वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जका वर्तमान मेयर विजय कुमार सरावगीले मधेशी जनताको मतबाट जितेर अहिले मधेश विरोधी ओलीको झोलीमा गएर बसेको आराेप लगाएका छन् ।
 
जसपाकाे वीरगंज महानगरपालिका वडा नम्बर १५ वडा इकाइ कमिटीले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाज र पार्टीमा कुनै योगदान नभएका व्यक्तिलाई टिकट दिलाएर जिताएकोमा पश्चाताप लागेको बताए ।
 
सांसद यादवले भने, “व्यापारीहरुले मात्रै चिनेको र वीरगंजका वडाबासीले नचिन्ने व्यक्तिलाई जिताएर गल्ती गरे, त्यो गल्तीको लागि म सबैसँग माफि चाहन्छु । तर अब यस्ता गल्तीलाई दोहोरिन दिन छैन ।’ दक्षिणा नबुझाउने शिक्षकहरुको वर्षमा ३ पटक सरुवा गरेर दुःख दिने र अन्य शिक्षकहरुबाटसमेत सरावगीले पैँसा असुलेर शिक्षामा भ्रष्टाचार गरेको सांसद यादवको आरोप छ ।
 
उनले भने, ‘शिक्षकहरुबाट पैँसा असुल्ने अनि विद्यालयको शैक्षिक सुधारको कसरी हुन सक्छ ?’ स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि व्यापक भ्रष्टाचार गर्ने र वास्तविक पिडितलाई मारमा पारेर आफ्ना नेता तथा कार्यकर्ताहरुलाई कृषि सम्बन्धी तालिमहरुमा सहभागि बनाउने र कृषि सम्बन्धी राहत तथा अनुदान पनि किसानको नाममा खाने नेताहरुलाई दिने यादवको भनाई छ ।
 
वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाबाट राजेशमान सिँहलाई जिताउन आग्रह गर्दै सांसद यादवले भने, ‘राजेशमान जी मेयरमा निर्वाचित भएपछि पानी र बिजुलीमा न्युनतम शूलक मिनाहा गर्ने छौँ ।
 
यसका साथै पञ्चायती व्यवस्थादेखि बहुदलसम्म आउँदा पनि कहिलै तिर्न नपरेको सरसफाई सम्बन्धी कर हामी हटाउने छौँ ।’ सरसफाई सम्बन्धी करबाट उठ्ने पैसामा समेत मेयर सरावगीले कमिसन खाने गरेको यादवले आरोप लगाए ।
 
‘महानगरको प्रत्येक घरबाट फोहर संकलन गरे वापत १ सय २० रुपैयाँ कर उठ्छ । त्यसमध्ये मेयर सरावगीले ६० रुपैयाँ कमिसनको रुपमा लिने गरेका छन्, ’ यादवले भने । नगरपालिकामा अन्य उत्पादनका स्रोतहरुको निर्माण गरी नगरबासबाट लिइने करको दरलाई घटाएर दायरा बढाउने यादवको भनाई छ ।
 
मधेश आन्दोलनताका सिँहले देखाएको सक्रियताबाट प्रभावित भएको बताउँदै राजेशमानबिना वीरगञ्जको बिकास अधुरो हुने बताए । वर्तमान मेयर सरावगीले चितवनसहित बाहिरका व्यक्तिलाई रोजगारी दिएको बताउँदै सांसद यादवले सिँह मेयर बनेपछि वीरगञ्जबासीलाई नै रोजगारी दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
 
मेडिकल माफिया, तेल माफिया एवम् भ्रष्टाचारी तथा कमाउनिष्टहरुलाई परास्त गरेर समृद्धि, सुशासन एवम् पारदर्शीताका लागि एकजुट हुनुपर्ने आवश्यक्ता पनि उनले औँल्याएका छन् ।
 
त्यसैगरी जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिँहले जनताका आधारभूत आवश्यक्तालाई प्राथमिकता दिएर काम गर्ने बताए । जनताको मन, मत र विश्वासलाई कहिलै पनि कम हुन नदिएर जनताकै बिचमा रही जनताकै लागि काम गर्ने बाचा पनि सिँहले गरेका छन् ।
 
नगरबासीको जिवनस्तर उकास्नका लागि जसपालाई नै जिताउनुपर्ने सिँहको आग्रह छ । जनताका आधारभुत आवश्यक्ताहरुलाई वेवास्ता गरेर ठुला ठूला सपनाहरु बाँड्नेहरुदेखि अब सचेत हुनुपर्ने बताउँदै सिँहले जसपाले नै मधेशका मुद्धाहरुको सम्बोधन गर्ने बताए ।
 
सम्भावनाको शहर वीरगञ्जको स्रोत साधनलाई भरपुर रुपमा सदुपयोग गरेर वीरगञ्जको मुहार फेर्ने महाअभियानमा हातेमालो गर्न उनले आग्रह गरेका छन् ।
 
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वडा नम्बर १५ बाट वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादव, महानगरपालिकाको कार्यपालिका सदस्य अजय सोनार, पार्टीका महानगर अध्यक्ष इश्वर यादव, वडा इकाई कमिटीका पदाधिकारी, जसपाका नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गर्मी, धुलो र प्रदूषणले बढायो छालाका रोगको जोखिम : विशेषज्ञले दिए सचेत रहन सुझाव

वीरगंज । नेपालमा बढ्दो गर्मी, धुलो, प्रदूषण र अनियमित जीवनशैलीका कारण छालासम्बन्धी रोगको समस्या उल्लेखनीय रूपमा बढिरहेको छ। छाला, यौनरोग, कुष्ठरोग तथा कोस्मेटिक सर्जन...

कर्मचारीमाथि कुटपिटको विरोधमा कालिकामाई गाउँपालिका ठप्प, दुई पक्राउ

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कामकाज ठप्प पारेका छन् । दोषीमाथि कडा कारबाहीको...

वीरगंजमा पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मनाइयो

वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मजयन्ती मंगलबार वीरगंजमा एक कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ । देशभक्त राज्यभक्त वीरगंजका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा महावीरस्थानमा...