Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

नेशनल मेडिकल कलेजबाट माेटरसाइकल चाेरी, दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले माेटरसाइकल चाेरीकाे आराेपमा वीरगंजबाट दुई जनालाई पक्राउ गरेकाे छ । वीरगञ्ज महानगरपालिकाकाे वडा नं. २२ जगरनाथपुर बस्ने वर्ष २० को ऋषी पासवान र वर्ष १९ को सहिम मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १५ स्थित नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको जिल्ला रौतहट फतुवा विजयपुर नगरपालिकाकाे वडा नं. १० बस्ने लक्ष्मी चौधरीको ना ३५ प ५९१ नम्बरको कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकल चाेरीकाे आराेपमा दुबै जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

दुबै जनालाई साेमबार राति १० बजे मो.सा.को लक तोडी चोरी गरी भाग्दै गरेको सूचनाकाे आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उक्त मोटरसाइकलसहित निजहरुलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

 पक्राउ परेका दुबै जनामाथी चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...