Date
शुक्र, अशोज २, २०८३
Fri, September 18, 2026

जबरजस्ती करणी आराेपमा पटेर्वा सुगाैलीबाट एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले १५ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीले पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २२ को आदेश पटेललाई पक्राउ गरेकाे हाे ।

पीडित बालिकाकाे अभिभावकले दिएकाे जाहेरीकाे आधारमा आराेपित पटेललाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । आइतबार अन्दाजी १०.३० बजे बालिकालाई पिछा गरी निज बालिका आफ्नै घर नजिकको गोठमा दाउरा लिन पुगेको समयमा जबरजस्ती करणी गरेकाे पडितकी अभिभावले दिएकाे जाहेरीका उल्लेख गरेका छन् ।

जबरजस्ती करणी उद्योग गर्दा पीडितको हारगुहारपश्चात् आरोपित व्यक्ति तत्काल भागेको पीडितको अभिभावकको जाहेरी दरखास्तको आधारमा खोजतलासको लागि खटिएको प्रहरी टोलीले पटेललाई साेमबार नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

पटेलमाथी जबरजस्ती करणी उद्योग कसूरमा अनुसन्धान भइरहेको प्रवक्ता खनालले जानकारी गराए ।           

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...