Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मियाँ एमाले प्रबेश

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य एवम् वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ परवानीपुरका वडाध्यक्ष हबिब मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष मियाँ सोमवार नेकपा एमालेमा प्रवेश गरेका हुन् । 

वडाअध्यक्ष मियाँलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पर्साका ईन्चार्ज प्रभु हजरा, प्रदेश कमिटी सदस्य एवं संविधान सभा सदस्य बिचारी यादव,  प्रदेश कमिटी सदस्य बसरुदिन अन्सारी, वीरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी लगायतले फुल माला र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । 

मियाँ नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य अनिल रुगंटा निकट थिए । उनकै काेटाबाट कांग्रेसकाे १४ औ अधिवेशनमा जिल्ला सदस्यमा निर्वाचित भएका थिए । असान्न निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षकाे टिकट नपाउने भएपछि उनी एमाले प्रबेश गरेकाे बुझिएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा सडक विस्तार अभियान तीव्र, बुधबार पनि डोजर सञ्चालन

वीरगंज । वीरगंजकाे मुख्य सडक विस्तार अभियान अन्तर्गत बुधबार पनि डोजर सञ्चालन गरिएको छ । अभियानको तेस्रो दिन मुर्ली चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका सडकका...

वीरगंजलाई सफा र अतिक्रमणमुक्त बनाउन ‘एक्सन टिम’ गठन, सरफुद्दिन मियाँलाई नेतृत्व

वीरगंज । वीरगंज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको ‘एक्सन टिम’को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मा दिएको छ...

इन्टर्याक्ट क्लबका नवनिर्वाचित पदाधिकारीलाई नेतृत्व प्रशिक्षण

वीरगंज । इन्टर्याक्ट क्लब अफ मिनिल्याण्ड स्कुलले शैक्षिक सत्र २०२६–२७ का लागि नवनिर्वाचित पदाधिकारीहरूको नेतृत्व क्षमता, व्यवस्थापन सीप तथा सेवामूलक कार्यप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्ने...