Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

वीरगंज ५ मा जसपाकाे वडा भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ५ कुम्हाल टोलमा आज जनता समाजवादी पार्टीको वडा स्तरिय भेला सम्पन्न भएको छ । भेलामा सहभागी नेताहरुले स्थानीय तहमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई वियजी बनाउन निर्देशन दिएका छन ।

जनता समाजवादी पार्टीका नेता एवं वडा अध्यक्ष पदका प्रत्यासी शुशिल सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले वीरगंज महानगरपालिकाको सबै वडा कब्जा गर्ने गरी निर्वाचनमा होमिने कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले यसपटकको निर्वाचनमा वीरगंज महानगरपालिकाको यो वडा संगै पर्साको अधिकांश पालिका जसपाले जित्ने दावी गरे । प्रतिनिधि सभा सदस्य यादवले २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल नै महानगरपालिकाको मेयर संगै अधिकांश वडा जितेको स्मरण गर्दै उनले यसपाली ५ नम्बर वडा पनि जित्ने जिकिर गरे ।

सहभागी सयौँको जनताले जसपा प्रति विश्वास व्यक्त गर्दै स्थानीय तहको निर्वाचनमा छाता छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । स्थानीयहरूको विश्वासले हामी भित्र हौसला थपिएको छ र थप ऊर्जाका साथ अगाडि बढ्न मनोबल बढेको छ ,’यादवले भने ।

भेलामा नेताहरु राजेशमान सिंह ,श्याबाबु चौरसीया महम्द, नुरुलहोदा मियाँ, कुमार रुपाखेती सहितका स्थानीय नेताहरु सहभागी थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...