Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पाेखरियामा जसपाकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ९ बैयरिया सिमरामा जनता समाजवादी पार्टी (जसपा) नेपालकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ ।

बर्वा टाेलमा भएकाे पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्र पाेखरिया नगरपालिका वडा नं. ९ का वडा कमिटी अध्यक्ष रामदरश साह कानु, नेपाली कांग्रेसका बुथ समितिका सचिव किशाेरी प्रसाद चाैहान, कृष्ण चाैहान, लाेसपा पाेखरिया नगर कमिटीका सदस्य जाेगिन्द्र राउत कुर्मी, धमाेही पण्डित, नेकपा एमालेका शिवचन साह, एमालेका दशई पण्डित लगायतकाले पार्टी प्रबेश गरेकाे जपसाका नेता राजु साहले वताए ।

नव प्रबेशीहरुलाई जसपाका संघिय परिषद सदस्य शिवजी साेनी, पाेखरिया नगरपालिकाकी उप मेयर सल्मा खातुन, जसपाका नेता राजु साह, वडा समितिका अध्यक्ष अफताब आलमले फुल माला र अबिरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...