Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

हरवाचरवा, मुक्त हलिया तथा कमैयाहरुको संयुक्त रणनिति निर्माण कार्यशाला गोष्ठी शुरु

spot_img
spot_img

वीरगंज । ठाकुरद्वारा बर्दिया नेपाली समाजमा बर्षौदेखि दाशप्रथाको रुपमा रहेका कृषी बधुवा मजदुरहरुः हरवाचरवा, मुक्त हलिया तथा कमैया संगठनहरुको परिचालन मार्फत प्रमाणमा आधारित नितिगत वकालत र साझा आन्दोलनका लागि हरवाचरवा, मुक्त हलिया तथा कमैया सवालमा संयुक्त रणनिति निर्माण कार्यशाला गोष्ठी साेमबारदेखी बर्दियाको ठाकुरद्धार स्थित जंगल सेन्ट्रल प्लाजामा शुरु भएकोे छ ।

मुलुक संघीयता र समावेशी बिकास मार्फत रुपान्तरणको प्रकृयामा अघी बढीरहेको सन्दर्भमा अझैसम्म पनि देशका २५ जिल्लामा ब्याप्त रहेको कृषी बधुवा मजदुरहरुका सवालगत जनसंगठनहरुका अगुवा र साँझेदार संस्थाका गरि ४४ जना प्रतिनिधीहरुको सहभागितामा शुरु भएको रणनिति कार्यशाला गोष्ठी ४ दिन सम्म सञ्चालन हुने राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डलले बताए ।

त्यसैगरी कार्यशाला गोष्ठीमा हरवाचरवा, मुक्त हलिया र कमैयाहरुका राष्ट्रिय सञ्जालहरुको यात्रा बिश्लेषण भई उक्त सञ्जालहरुको साझा, फरक मुद्धाहरुको पहिचान गरि मुद्धा तथा सवालमा आधारित रणनितिक कार्यक्रम र क्रियाकलाप निर्धारण मार्फत संयुक्त रणनिति निर्माण गरिने राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका पुर्व अध्यक्ष राजुराम भुलले बताए ।

मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले देशभरी रहेका कृषी बधुवा मजदुरहरुको समग्र मुक्ति र पुर्नस्थापनकाे सवाललाई तार्किक निष्कर्षमा पुर्‍याउनकाे लागि एकिकृत आन्दोलनको खाँचो रहेको र त्यसका लागि सवालमा आधारित सामाजिक आन्दोलनसंग सहकार्य गर्दै सरोकारवालाहरुको ऐक्यबद्धता मार्फत कृषी बधुवा मजदुरहरुको मुद्धा राजनितिक दलहरुको साझा ऐजण्डा बन्नुपर्ने कुरामा जोड दिए ।

सो कार्यशाला गोष्ठी द फ्रिडम फण्डको सहयोगमा राष्ट्रिय हरवाचरवा अधिकार मञ्च, राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र मुक्त कमैया समाजको आयोजना र पर्पल फाउण्डेसनको सहजीकरणमा सञ्चालन भईरहको कुरा द फ्रिडम फण्डका परामर्शदाता बालाराम भट्टराईले जानकारी दिए ।

कार्यशालाको सहजीकरण पर्पल फाउण्डेसनका नीलम शर्मा, दीपक बस्याल र मोहनसिं सुनारले गर्ने छन् ।

नेपालका ५ वटा जिल्लाहरु कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ्गमा रहेका ३२ हजार भन्दा बढी कमैयाहरु र सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्ला र कर्णाली प्रदेशका ३ जिल्ला गरि १२ जिल्लामा रहेको १९०५९ हलियाहरुलाई नेपाल सरकारले मुक्तीको घोषणा गरेता पनि हालसम्म पनि न्यायिक पुनस्र्थापना कार्य सम्पन्न भएको छैन भने मधेस प्रदेशका ८ वटा जिल्लाहरुमा रहेका ९७ हजार भन्दा बढी हरवाचरवाहरुको हालसम्म मुक्तिको घोषणा नभएकोले संयुक्त रणनिति निर्माण आवश्यक रहेको कुरा पर्पल फाउण्डेसनका अध्यक्ष निलम शर्माले औल्याए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बालबालिका सिकाइ अध्ययन केन्द्र छपकैयाको अध्यक्षमा चौहान

वीरगंज । महिला तथा बालबालिका सिकाइ अध्ययन केन्द्र, बजार छपकैया–१, वीरगंज, पर्साको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले चन्देश कुमार चौहानको...

‘समता कर’ ले निजी विद्यालय र अभिभावकबीच विवाद बढ्न सक्छ : अधिवक्ता पटेल

वीरगंज । कानुन व्यवसायी अधिवक्ता चन्द्रिका पटेलले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी शिक्षण संस्थामाथि लगाइएको ३ प्रतिशत ‘समता कर’ ले विभिन्न व्यावहारिक...

कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट मगर, युवा पत्रकारिता पुरस्कारबाट यादव सम्मानित

वीरगंज । प्रेस सेन्टर नेपाल पर्सा शाखाद्वारा स्थापना गरिएको ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार–२०८३’ बाट कारोबार दैनिकका वीरगञ्ज संवाददाता निरज पिठाकोटे मगर पुरस्कृत भएका छन्...