Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जिप्रका पर्साको मुद्दा फाँट दलालहरुकाे अखण्डाकाे रुपमा परिणत

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा फाँट दलालको अखडाको रुपमा परिणत भएको छ । दलालहरुको विगविगीका कारण सर्वसाधारण थुनुवाहरु नराम्रोसँग प्रभावित भएका छन ।

प्रहरीले थुनुवामा आएका नयाँ अभियुक्तलाई थुनुवासँगै कुटपिट गराएर डराउने, धम्काउने र घरबाट पैसा माग्न बाध्य पार्ने गरेको श्रोतले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालयमा विना पैसा कुनै पनि मुद्दा अगाडी नबढने र पैैसा विना काम नहुने हुँदा निर्दोष सर्वसाधारण पिडामा छन ।

मुद्दा फाटका प्रहरी निरिक्षक देखि सई, असई, हवल्दार, जवान सम्म व्यक्ति पिच्छे रकम चढाएर मुद्दाको पेशी छिटो तोक्नका लागि मिसिल तयार गर्ने सम्मका खेल जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा फाँटमा हुने गरेको पिडितहरुले बताएका छन ।

केहि समय यता प्रहरी कार्यालय पिडितलाई न्याय र पिडकलाई कारवाही गर्ने निकाय हुनु पर्नेमा पैसाको बलमा सबै काम उल्टो हुने गरेको पिडितको गुनासो छ । राजनैतिक दलको आवरणमा केहि व्यक्तिहरु मुद्दा मिलाउने वाहानामा जिल्ला प्रहरी कार्यालयमा चौविसै घण्टा बस्ने र उनिहरुकै चलखेलमा निर्दोषलाई फसाउने र दोषीलाई उन्मुक्ति दिने खेल जिल्ला प्रहरी कार्यालयमा भई रहेको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले थुनुवामा रहेकासँग पैसा असुली गरेको भन्ने विषय गलत भएको दावी गर्दै राजनीतिक दलका व्यक्तिहरु आफु निकटका मान्छेहरु पक्राउ पर्दा जिल्ला प्रहरीमा आउनु स्वभाविक भएको र उनिहरुलाई दलाल भन्न नमिल्ने बताए ।

मुद्दा फाँटमा कमि कमजोरी भए त्यसलाई सुधार्न आफू तत्पर रहेको समेत एसपी बस्नेतले दावी गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...