Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

हरवा चरवा अधिकार मंच र दलित प्रदेश सभा मंच बिच अन्तरक्रिया

spot_img
spot_img

वीरग‌ंज । रास्ट्रिय हरवा चरवा अधिकार मंच र दलित प्रदेश सभा मंच बीच शुक्रबार अन्तरक्रिया सम्पन्न भएको छ ।

जनकपुरको होटेल वेलकममा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य एवं मधेस प्रदेश सभा सदस्य रबिन्द्र बैठाले मधेस प्रदेशमा बिधमान रहेको हरवा चरवाको अवस्था दैनिय रहेकोले ब्यवस्थापनको लागि आफू प्रदेश सभामा जोडदार अवाज उठाउने प्रतिबद्धता जनाए ।

सांसद बैठाले अधिकत्म हरवा चरवा दलित समुदाय नै भएको बताउँदै दलित कल्सटर जस्तै हरवा चरवा कल्सटर बनाएर बृती बिकासमा राज्यले योग्दान गर्नु पर्ने बताए ।  

एकीकृत समाजबादी मधेस प्रदेश सभाका प्रमुख सचेतक सुन्दर बिशवकर्माले दलित समुदायको लागि ल्याइएको जनता अवास जस्तै हरवा चरवा आवास आयोजना ल्याइ हरवा चरवाहरुको आवासको समस्या समाधान गर्नु पर्नेमा जोड दिए ।

रास्ट्रिय हरवा चरवा अधिकार मंचका अध्यक्ष दर्शन मण्डलकाे अध्यक्षतामा भएकाे अन्तरक्रियामा महासचिव लगेन्द्र सदा, राष्ट्रिय दलित नेटवोर्कका टिम लिडर हुकुम सार्की, जन वकालत अधिकृतहरु रुपनरायण पासवान, संजय महरा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

अन्तरक्रिया पछि मंचका पदाधिकारीहरु प्रदेश सांसद रबिन्द्र बैठा, सुन्दर बिशवकर्मालाई आफ्ना समस्याहरू समाधानको लागि प्रदेश सभामा उठाइ दिनको लागि ज्ञापन पत्र बुझएका थिए ।

त्यसै गरि हरवा चरवा अधिकार मंचको एक टोलिले मधेस प्रदेसको भुमी ब्यवस्था तथा कृषि मन्त्रालयसंग समेत संवाद गरेको राष्ट्रिय दलित नेटवोर्कका जनवकालत अधिकृत सन्जय महराले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...