Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

माेटरसाइकल चाेरीकाे आराेपमा ४ जना पक्राउ

spot_img
spot_img

वीरगंज । चाेरीकाे ८ वटा माेटरसाइकलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बाराकाे काेल्वी नगरपालिका वडा नं. १ निवासी २३ बर्षिय अच्छेलाल चाैधरी, वीरगंज महानगरपालिकाकाे वडा नं. २५ निवासी २० बर्षिय आकाश कुमार पटेल, साेही ठाउँ निवासी २८ बर्षिय दिपेन्द्र प्रसाद पटेल र वीरगंज महानगरपालिका कै २९ बर्षिय मनिर मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१ बस्ने सन्जु रामको प्रदेश २-०३-०१८ प ००१८ नम्बरको २०० सिसिकाे रातो कालो रंगको पल्सर मोटरसाइकल मंगलबार राती १०:३० बजे चाेरी भएकाे थियाे । वीरगञ्ज महानगरपालिकाकाे वडा नं.२ स्थित सडकको छेउमा पार्किङ गरी राखिएको अवस्थामा पक्राउ परेका मध्येका अच्छेलाल चौधरीले लक तोडी चोरी गरी भागेका थिए ।

माेटरसाइकल चाेरी भएकाे थाहा पाए लगतै चेकिङ ड्युटीमा खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ३ छप्कैया वीट अगाडिबाट मानिससहित माेटरसाइकल नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान थालेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

यस्तै वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१४ निवासी दिनेश प्रसाद राउतको ना. ३४ प १९२८ नम्बरको कालो रंगको सुपर स्प्लेण्डर मोटरसाइकल चैत ४ गते राती १०:३० बजे चाेरी भएकाे थियाे । वीरगञ्ज महानगरपालिकाकाे वडा नं.२५ स्थित सडक छेउमा पार्किङ गरी राखेको अवस्थामा चोरी गरी उक्त नम्बर प्लेट हटाई ना. २५ प १४६६ नम्बर प्लेट लगाइ चलाउदै गरेको खुल्न आएकाे थियाे । 

त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउसाे १:३० बजे वीरगंज महानगरपालिकाकाे वडा नं. २० हरपतगञ्जबाट बरामद गरी ल्याई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

साथै उक्त स्थानमा कागजपत्र नभएका अन्य ६ वटा मोटरसाइकल समेत फेला परेकोले सो मोटरसाइकल समेत बरामद गरी अन्य ३ जनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइहेकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...