Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

मिडिया काउन्सिलकाे कार्यक्रममा ३ पत्रकार संगठनको आपत्ति

spot_img
spot_img

वीरगंज । मिडिया काउन्सिल मधेस प्रदेशले आयोजना गरेको “सञ्चार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धि सुझाव संकलन कार्यशाला गोष्ठी” मा सबै विचार समूहको प्रतिनिधित्व र सहभागिता नगराएको भन्दै पत्रकार सम्वद्ध तीन संगठनले आपत्ति जनाएका छन् ।

मिडिया काउन्सिलले पर्साबाट सञ्चार माध्यमका प्रकाशक/सञ्चालक/सम्पादक र राष्ट्रिय मिडियामा कार्यरत क्रियाशील पत्रकारहरुको सहभागिताको लागि नेपाल पत्रकार  महासंघ पर्सा शाखालाई जिम्मेवारी दिएको भएपनि अधिकांश क्रियाशिल पत्रकारहरुलाई जानकारी नै नगराई कार्यक्रमको आयोजना गरेको भन्दै विरोध जनाएका हुन् ।

नेपाल प्रेस युनियन पर्सा, प्रेस सेण्टर नेपाल पर्सा, समाजवादी प्रेस संगठन नेपाल पर्साले संयुक्त विज्ञप्ति जारी गर्दै मिडिया काउन्सिलको कार्यक्रमको विरोध जनाएका छन् । कार्यक्रममा सहभागी गराउन मिडिया काउन्सिलले मिति २०७८/१२/८ गतेको चलानी नं. ०७१/०७८/०७९ को पत्र मार्फत महिला र बरिष्ठ पत्रकारहरुलाई प्राथामिकता राख्न भनिए पनि महासंघले पठाएको सहभागीहरुको लिष्टमा एक जना मात्रै महिला पत्रकारको नाम गरिएको भएपनि कार्यक्रममा अनुपस्थित रहनुले महासंघले पूर्वाग्रह राखेको देखिएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

महासंघ पर्सा शाखाको रवैयाप्रति कार्यक्रम आयोजक मिडिया काउन्सिलको पनि ध्यान पुग्न नसकेकोमा तीनवटै संगठनले आपत्ति जनाएको छ । विगतमा पनि नेपाल पत्रकार महासंघ पर्सा शाखाले फरक विचार समूहका पत्रकारहरुलाई पूर्वाग्रहपूर्ण व्यवहार गर्दै आएको र आगामी दिनमा पनि कुनै कार्यक्रम आयोजना गर्दा आयोजकले यसतर्फ ध्यान पु–याउन सबैलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतम, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेलले हस्ताक्षर गरेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...