Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सामा म्यादी प्रहरीकाे लागि आवेदन दिनेहरुकाे भिड

spot_img
spot_img

वीरगंज । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालय पर्सामा आवेदन दिन आउनेहरुकाे भिड लाग्न थालेकाे छ । नेपाल प्रहरीको मानवस्रोत एवम् प्रशासन विभाग भर्ना छनोट महाशाखाले आवेदन आह्वान गरेको पहिलाे दिन पर्सामा आवेदन दिनेहरुकाे भिड देखिएकाे हाे ।   

आवेदन दिने आउनेहरु जिल्ला प्रहरी कार्यालय पर्सा पछाडी रहेकाे मधेश प्रदेश विपद व्यवस्थापन गुल्मकाे खेल मैदानमा लामबद्ध भएर आफ्नो घण्टाै सम्म आफ्नाे पालो कुरि आवेदन दिने गरेका छन् । आवेदन दिनेमा महिलाको सङ्ख्या नियून देखिएपनि पुरुषहरु भने हरेक उमेर समूहका देखिएका छन् ।

एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका रहेकाे पर्सामा १ हजार ८ सय १ जना म्यादी प्रहरी भर्ना गरिने सूचना आह्वान गरिएको छ ।

२०७९ बैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीको सहयोगीका रूपमा जवानसरह सुविधासहित ४० दिन कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले आइतबारबाट देशभर एकसाथ म्यादी प्रहरीको भर्नाका लागि आवेदन खुलाएको छ । 

सरकारले स्थानीय तह निर्वाचन सुरक्षार्थ मधेश प्रदेशमा सबैभन्दा बढी म्यादी प्रहरी खटाउने भएको छ । मधेश ८ जिल्लामा २१ हजार ६ सय ९८ जना भर्ना गर्न लागिएको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...