Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

 मधेशको विकासका लागि जसपाकाे विकल्प छैन : सांसद यादव

spot_img
spot_img

वीरगंज । प्रतिनीधि सभा सदस्य (सांसद) प्रदिप यादवले भौतिक विकासका दृष्टिकोणले पछाडी परेको मधेश प्रदेशले विकास र सडकको क्षेत्रमा फड्को मारेको दावी गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरमा श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयकाे निर्माण हुने भवन र ५ सय मिटर ढलान सडकको शिलान्यास गर्दै सांसद यादवले यस्ताे दाबी गरेकाे हुन् ।

प्रदेश सरकारको बिकास योजना अन्तर्गत निर्माण हुने विद्यालय भवन निर्माणले ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई सहज रुपमा अध्ययन गर्न सघाउ पुग्ने सांसद यादवको विश्वास छ । सो भवनबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १५ सय भन्दा बढी विद्यार्थी लाभान्वित हुने पर्सा क्षेत्र नं. १ का संघिय सांसद यादवले बताए ।

सोही अवसरमा वर्षाैदेखि सास्ती खेपिरहेका टोलबासीलाई मध्यनजर गर्दै सडक ढलान गर्न लागिएकाे सांसद यादवले वताए । हिलो, धुलो, खाल्डो लगायतका समस्याहरुका कारण सास्ती खेप्दै आएका बासिन्दाहरुले अब ढलान सडकबाट आवतजावत गर्न सक्ने उनले बताए ।

मधेश प्रदेशका प्रदेश सभा सदस्य जन्नत अन्सारीको सांसदिय विकास कोषबाट ३५ लाखको लागतमा निर्माण हुने ढलान सडकको शिलान्यास गर्दै जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय सदस्यसमेत रहेका सांसद यादवले मधेश र मधेशी समुदायको विकासका लागि जसपा बाहेक अरु कुनै विकल्प हुन नसक्ने दावी गरे ।

प्रदेश सभा सदस्य जन्नत अन्सारीले पनि विकास निर्माणका कामहरुमा हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...