Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

प्राण र दिनदयालकाे आयाेजनामा निशुल्क लाेक सेवा तयारी कक्षा

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकामा संचालित निशुल्क लाेक सेवा आयाेग तयारी कक्षा सम्पन्न भएकाे छ । पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. ३ स्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालय पकहा मैनपुरमा संचालित एक महिने लाेक सेवा तयारी कक्षा सम्पन्न भएकाे हाे ।

जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता र स्थानिय दिनदयाल कुशवाहाकाे आयाेजनामा संचालन गरिएकाे कक्षामा एक सय ५० जना विद्यार्थीहरु अध्ययन गरेका छन् ।

एचिभर्स इन्सिटच्युट वीरगंजकाे प्राविधिक सहयाेगमा संचालन गरिएकाे कक्षामा पकहा मैनपुर गाउँपालिकाकाे साथै बिन्दवासिनी गाउँपालिका र कालिकामाई गाउँपालिकाका विद्यार्थीहरु लभान्वित भएका छन् ।

आर्थिक अभावमा लाेक सेवा तयारी गर्न नसकेका गरिब, विपन्न परिवारका विद्यार्थीहरुकाे लागि निशुल्क लाेक सेवा कक्षा संचालन गरिएकाे आयाेजक प्राण मेहताले वताए । उनले आर्थिक अवस्था कमजाेर भएका विद्यार्थीहरुकाे समस्यालाई ध्यानमा राखि समाजिक दायित्व बहन गर्दै स्थानिय भएका नताले निशुल्क लाेक सेवा आयाेग तयारी कक्षा संचालन गरिएकाे वताए ।

कक्षामा सहभागि विद्यार्थीहरुलाई निशुल्क रुपमा लाेक सेवा आयाेगकाे किताब र काँपीहरु पनि वितरण गरिएकाे मेहताले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...