Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

स्वास्थ्य सेवा व्यापार मुखी नभई सेवामुखी हुनुपर्छ : मन्त्री चाैधरी

spot_img
spot_img

वीरगंज । शान्ती पोली क्लिनिक वीरगंजले स्त्री एवंम प्रसुती तथा निःसन्तान रोग विशेषज्ञसहित थप नयाँ क्लिनिक संचालनमा ल्याएको छ । सोमबार औपचारिक रुपमा खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले क्लिनिकको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले स्वास्थ्य, शिक्षा र खानेपानी नागरिकको मौलिक हकको रुपमा रहेको हुनाले व्यापार मुखी नभई सेवामुखी रुपमा भएर क्लिनिक संचालन गर्न सुझाव दिए । उनले सर्वशुलभ र स्तरीय स्वाथ्यको सेवा आमनागरिकले पाउँन भन्ने उदेश्यले यो क्लीनिक संचालनमा ल्याईएको बुझिएतापनि व्यापार मुखी भन्दा पनि सेवामुखी तर्फ बढी उन्मुख हुनुपर्ने बताए ।

पवित्र उदेश्य लिएर विरामीहरुको सेवा गर्न सुझाव समेत उनले दिए । मन्त्री चौधरीले आर्थिक रुपले विपन्न परिवारहरुलाई समेत गुणस्तरीया सेवा उपलब्ध गराउँन आग्रह गरे । आम नागरिकले सेवा पाउँनु भनेको राज्यको दायित्व रहेपनि शान्ति क्लिनिकले आफनो विशेषज्ञ सहितको टोलीले जनतामा पु¥याई रहेको सेवा अतिनै सराहनीय र प्रशंसनीय रहेको समेत उनले बताए ।

अर्को प्रसंगमा मन्त्री चौधरीले चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौंसम्म ल्याई नागरिकको घर घरमा पु¥याउँन सरकार प्रतिबद्ध रहेको बताए । उनले मेलम्चीको खानेपानी काठमाडौं भित्रियाउँने नेता कृष्ण प्रसाद भट्टराईले देख्नु भएको सपना थियो भन्नु भयो ।

उनको सपना र नागरिकको सबभन्दा बढी चासोको विषयम समेत मेलम्चीको खानेपानी बनेकोले चैत्रमसान्त भित्र घर घरमा पानी पु¥याउँन सरकार प्रतिबद्ध रहेको छ, त्यस अनुसार दु्रतगतिमा काम अगाडी बढीरहेको बताए । बाढी पहिरोको कारण मेलम्चीको कार्य स्थगन भएको थियो, उनले भने, “सरकारको घोषणा र प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नुभएको सम्बोधनलाई मध्यनजर गर्दै चैत्रमसान्त भित्र खानेपानी काठमाडौंको घर घरमा भित्रियाउँने अनुरुपनै काम अगाडी बढाएका छौं ।”

मेलम्चीलाई स्थाई गर्न एडिभिजीले अध्ययन गरेर आएको छ, उनले भने, ‘ त्यसको मुहान (जलधार) संरक्षण गर्न स्थायी समाधानको उपाय अपनाउँनको लागि कार्यविधि बनाएर अगाडी बढ्ने छौ ।’

 मन्त्री चौधरीले वर्तमान सरकारले जनताको भावना अनुसार द्रुत गतिमा काम गरीरहेको दावी गर्दै सरकारले तोकेकै समयमा स्थानिय निर्वाचन गराउँन सफल हुने बताए ।

आजदेखि संचालनमा आएको स्त्री एवंम प्रसुती तथा निःसन्तान विशेषज्ञको शान्ति पोली क्लिनिकले दुई दिनसम्म निशुल्क स्वास्थ्य परिक्षण गर्ने क्लिनिकका संचालक प्रमोद सर्राफले बताए । उनले भने, विगत डेढ दशकदेखि १४ जना विशेषज्ञ चिकित्सकहरु मार्फत स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउँदै आएका छौ, नयाँ संचालन क्लिनिक मार्फत निःसन्तान तथा स्त्री रोगहरुको सम्पूर्ण उपचार प्रविधि युक्त माध्यमले अगाडी बढाई रहेको छौ ।”

दुई दिनसम्म चल्ने यो निशुल्क शिविरमा अत्याधिक लाभ उठाई सेवाको मौका दिन जनसमुदायमा हार्दिक अपिल समेत उनले गरे । जनतामा सेवाको भाव लिएर संचालन गरेको क्लिनिकले आर्थिक तथा अति विपन्न वर्गका महिला तथा पुरुषको उपचारमा सहयोग पु¥याउँन प्रतिबद्ध छौ, उनले भने ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...