Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

नेता सिंहकाे नयाँ चर्चा चलेकाे बेला मागे महानगरबासीसंग सुझाव

spot_img
spot_img

वीरगंज नेकपा एमाले प्रबेश गर्ने निर्णय लिएका नेता राजेशमान सिंहले वीरगंज महानगरवासीसंग सल्लाह मागेका छन् । उनी औपचारिक रुपमा प्रबेश गर्नु अघि वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी एमाले प्रबेश गरेपछि अन्याैलमा परेका छन् ।

नेता सिंहले समाजिक संजाल फेसबुकमा एउटा स्टेटस लेख्दै जनताकाे हक अधिकारकाे लागि लड्ने हामी र भगवानले दिएकाे सबै थाेक छ भनि भ्रष्टाचार गर्ने मेयरसंग एकै ठाउँमा बस्ने बाताबरण कसरी बन्छ ? कसरी काम गर्न सकिन्छ ? प्रशन गर्दै महानगर बासीसंग सुझाव मागेका हुन् । 

मेयर सरावगीले भ्रष्टाचार गरेकाे संज्ञा दिदै नेता सिंहले अब मैले के गर्दा उपयुक्त हुन्छ ? भनेर बीरगंज महानगरका बासीसँग समाजिक सञ्जालमा प्रतिक्रिया मागेका छन् ।

सिंहले आकर्षक नाराकाे ललिपप देखाएर, मेराे कसम जस्ताे झुठाे वाचा गरेर वीरगंज महानगरमा जितेपछि जनताकाे अमुल्य मतकाे कदर नगरी भ्रष्टाचारमा र ब्यतिथीमा लिप्त मेयरकाे हामीले सुरु देखि नै विराेध गरेकाे जनाएका छन् । उनले जनतालाई सहुलियत र सुशासनकाे कुरा त पर जाओस् । समान्य सफाई र नाला सम्म व्यवस्थित गर्न नसक्ने, जनताकाे दुखमा खडा हुन नसक्ने मेयरलाई एमाले पार्टी प्रबेश गराएकाे आराेप समेत लगाएका छन् ।

नेता सिंहले समाजिक संजाल फेसबुक मार्फत वीरगंजबासीसंग सल्लाह, सुझाव मागे पनि उनी जनता समाजवादी पार्टी (जसपा) प्रबेश गर्न लागेकाे हल्ला पनि चलेकाे छ । उनी साेमबार काठमाडाैं पुगी जसपाका अध्यक्ष उपेन्द्र यादवसंग छलफल समेत गरेकाे चर्चा भइरहेकाे छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...