Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

हिमालयन हेल्पीङ्ग समुहद्वारा गुरुहरुलाई सम्मान

spot_img
spot_img

वीरगंज । हिमालयन हेल्पीङ्ग हैण्डस समुहकाे आयाेजनामा शनिबार  गुरु सम्मान तथा होली मिलन कार्यक्रम सम्पन्न भएकाे छ । बाराकाे परवानीपुरस्थित ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थामा भएकाे कार्यक्रममा समुहले ४ जना शिक्षकहरुलाई सम्मान गरेकाे थियाे ।

समुहको अध्यक्ष अरुण कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा हिमालयम माबिका शिक्षक मदन मोहन शर्मा (गुरु शर्मा), सचितानन्द कर्ण, प्रमोद पाण्डेय र राज कुमार साहलाई फुल माला, दोसल्ला र अबिरकाे टीका लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षक गुरु शर्माले भुतपुर्व बिद्यार्थीहरुकाे एकता देखेर खुशी व्यक्त गरे । उनले विद्यार्थीहरुकाे नयाँ किसिमको अभ्यासले नयाँ पुस्तालाई एक फरक शिक्षा दिने पनि बताए । शिक्षक सम्मानले आउने दिनमा शिक्षकहरुलाई थप उच्च मनोवलका साथ काम गर्ने हौसला प्राप्त भएको उनकाे भनाई थियाे ।

सो अवसरमा शिक्षक सचितानन्द कर्ण, प्रमोद पाण्डेय र राज कुमार साहले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा समुहका अध्यक्ष अरुणले संस्थाको बारेमा प्रकास पारेका थिए ।

कार्यक्रममा हिमालयन हेल्पीङ्ग हैण्डस समुहका कोषध्यक्ष नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डाक्टर आनन्द कुमार रौनियाले निशुल्क बहिरंग सेवा संचालन गर्ने घोषणा गरेका थिए । कार्यक्रमको सहजीकरण रंजित गुप्ता तथा द्वपेन्द्र ठाकुरले संयुक्त रुपमा गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...