Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

भन्सार छलीकाे चामलसहित पिकअप पक्राउ

spot_img
spot_img

वीरगंज । भन्सार छली ल्याएकाे चामलसहित एउटा पिकअप प्रहरीले नियन्त्रणमा लिएकाे छ । वीरगञ्ज महानगरपालिकाकाे वडा नं. ११ रानीघाट सडकखण्डबाट बुधबार सांझ ७ बजे प्रदेश ०३-००१ च ०५२२ नम्बरको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएकाे हाे । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे टाेलीले प्रज्ञापन पत्र विनाको भारतीय चामल लोड गरी वीरगञ्जबाट बाराको जितपुरतर्फ लादै गरेको सूचनाकाे आधारमा पिकअप गाडी रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका चामल फेला परेको प्रहरीले जनाएकाे छ ।

उक्त पिकअपमा लोड रहेको चामल ११८ बोरा नियन्त्रणमा लिई रू एघार लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...