Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

spot_img
spot_img

बीरगंज  । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको सहभागिताबाट मात्रै मुलुकको दिगो विकास र आर्थिक समृद्धि सम्भव हुने बताएका छन् । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको बिहिबार वीरगंजमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले घरेलु मझौला तथा साना उद्योगको दिगो विकासबाट मात्रै मुलुकले समृद्धि हासिल गर्ने कुरामा जोड दिए । 

उनले घरेलु तथा मझौला उद्योगको विकास र सहजिकरणका लागि सरकार तयार रहेको बताउँदै स्वदेशी श्रम सीप पुजी र कच्चा पदार्थको उच्चतम प्रयोग गरी रोजगारीमा पुर्‍याएको योगदानको सरकारले उच्च प्रशंसा गरेको कुरामा जोड दिए ।

उनले कोभिडबाट प्रभावित उद्योगलाई पुनर्स्थापन र पुर्नजिवन दिन सरकार प्रतिबद्ध रहेको बताउँदै घरेलु लघु र साना उद्योगहरूमा कोभिडले पारेको प्रभावको अन्त्य गर्ने कार्यमा सरकार लागिरहेको बताए । 

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले महिलाहरूलाई स्वरोजगार बनाउन तथा महिला उद्यमशीलताको विकासका लागि सरकारको विशेष योजना रहेको खुलासा गरे । 

खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले देशको समृद्धि र विकासका लागि घरेलु तथा साना उद्योगको महत्त्वपूर्ण भूमिका रहेको भन्नुहुँदै रोजगार नपाएर बिदेसिन बाध्य युवाहरूलाई आफ्नै देशमा उद्योग खोलेर स्वरोजगार बन्नका लागि नीतिगत तथा आर्थिक समस्या भएमा त्यसको निराकरणका लागि सरकारले पहल गर्ने बताए । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीको सभापतित्वमा भएकाे उद्घाटन सत्रमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, पूर्व केन्द्रिय सदस्य सरेन्द्र चौधरी, मधेस प्रदेशका खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा, प्रदेश सभा सदस्य प्रकाश रावल, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष श्याम प्रसाद गिरीले २ लाख ७० हजारभन्दा बढीको हाराहारीमा रहेका घरेलु तथा साना उद्योगले झण्डै २७ लाख जनशक्तिलाई रोजगारी दिएको बताउँदै ठूलो जनशक्तिको आधार स्तम्भ भएर पनि घरेलु तथा साना उद्योग सधैँ उपेक्षित रहेको दुखेसो व्यक्त गरेका थिए ।

नगर सभा गृहमा सुरु भएकाे महाधिवेशनमा ७७ वटै जिल्लाका महासङ्घका प्रतिनिधि र पर्यवेक्षक गरी १५ सयभन्दा बढीको सहभागिता रहेको छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...