Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

सत्तागठबन्धन आगामी चुनावसम्म कायम रहन्छ : प्रधानमंत्री देउवा

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा अहिलेको सत्तागठबन्धन आगामी चुनाव सम्म नै कायम रहने बताएका छन् । नेपाली काँग्रेस पर्साले बिहिबार वीरगंजमा आयाेजना गरेकाे नवनिर्वाचित जिल्ला कार्य समितिकाे प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले पाच दलीय गठबन्धन अगामी चुनाव सम्म कायम रहने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले एक्लै चुनाव लड्दा कुनै पनि दलको बहुमत आउने अवस्था नदेखिएकाले आगामी तीनै तहको निर्वाचनमा काँग्रेसले गठबन्धनमा रहेका दलहरुसंग मिलेर चुनाव लड्ने बताए । त्यसैले गठबन्धनका अन्य सहयात्री दलहरु चिढ्याउने काम नगर्न नेता कार्यकर्ताहरुलाई देउवाले निर्देशन समेत दिए ।

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पनि गठबन्धनका दलहरु बिचको सहकार्य र एकता आवश्यक रहेको देउवाले बताए । यसका साथै काँग्रेस पार्टी र देशको हितमा पनि गठबन्धनलाई कायम राख्नु आवश्यक रहेको उनले वताए । एमसीसी परियोजना मुलुकको हितमा रहेको उनले जिकिर समेत गरे ।

एमसीसी परियोजना, ऋणमा नभई अनुदानमा आएको परियोजाना रहेको भन्दै प्रधानमन्त्री देउवाले यसले देशको विकासमा सहयोग पुग्नुका साथै रोजगारी पनि सृजना गर्ने बताए । नेपाल, दुई ठूला छिमेकी देशको बिचमा रहेको भन्दै उनले दुवै छिमेकीसंग नेपालले समदुरी र सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नु पर्ने बताए ।

कांग्रेस जिल्ला अधिवेशनकाे निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीकाे सभापतित्वमा भएकाे कार्यक्रममा नव निर्वाचित जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री, उप सभापति रामनारायण प्रसाद कुर्मी, अशाेक कुमार गुप्ता, सचिव इम्तियाज आलम, दिनेश कुमार चाैधरी, सह सचिव नविन सिंह, मदन राउत अहिर लगायतका जिल्ला कार्य समितिका सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएकाे थियाे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यद्वय रमेश रिजाल, अजय चौरसीया, पुर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी, पूर्व जिल्ला सभापति अजय द्विवेदी, मधेश प्रदेशका खानेपानी तथा उर्जा बिकास मन्त्री ओमप्रकाश शर्मा, संविधान सभा सदस्य अनिल रुंगटा लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...