Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पाेखरियाका मेयर राैनियार कांग्रेस प्रवेश

spot_img
spot_img

वीरगंज ।  पर्साको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार बिहिबार औपचारिक रुपमा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । मेयर रौनियारलाई नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीमा स्वागत गरेका छन् । 

नेपाली काङ्ग्रेस पर्साले वीरगञ्जमा बिहिवार आयोजना गरेको नव निर्वाचित जिल्ला कार्य समितिकाे प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियारले पार्टी प्रवेश गरेका हुन् । नेपाली काङ्ग्रेसको सदस्यता प्रदान गर्दै पार्टीका सभापति देउवाले रौनियारलाई पार्टीमा स्वागत गरेका थिए । 

गत निर्वाचनमा नेपाली जनता दलबाट पाेखरियाकाे मेयरमा राैनियार निर्वाचित भएका थिए । अब नेपाली काङ्ग्रेसबाट पुनः मेयरमै चुनाव लड्ने राैनियारकाे तयारी छ । 

यस अघिदेखि नै मेयर राैनियार कांग्रेसकाे विभिन्न कार्यक्रममा सहभागि हुँदै आएका थिए । केहि महिना अघि नै मेयर राैनियार कांग्रेस प्रवेश गरेकाे गरेपनि औपचारिक रुपमा बिहिबार मात्र पार्टी प्रबेश गरेका हुन् । 

कांग्रेस जिल्ला अधिवेशनका निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीकाे सभापतित्वमा भएकाे कार्यक्रममा केन्द्रिय सदस्यद्वय रमेश रिजाल, अजय चाैरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरी, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, पूर्व जिल्ला सभापति अजय द्विवेदी, नेता अनिल रुगंटा, मधेश प्रदेशका खानेपानी तथा उर्जा बिकास मन्त्री ओमप्रकाश शर्मा लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...