Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पाेखरियाका मेयर राैनियार कांग्रेस प्रवेश

spot_img
spot_img

वीरगंज ।  पर्साको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार बिहिबार औपचारिक रुपमा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । मेयर रौनियारलाई नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीमा स्वागत गरेका छन् । 

नेपाली काङ्ग्रेस पर्साले वीरगञ्जमा बिहिवार आयोजना गरेको नव निर्वाचित जिल्ला कार्य समितिकाे प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियारले पार्टी प्रवेश गरेका हुन् । नेपाली काङ्ग्रेसको सदस्यता प्रदान गर्दै पार्टीका सभापति देउवाले रौनियारलाई पार्टीमा स्वागत गरेका थिए । 

गत निर्वाचनमा नेपाली जनता दलबाट पाेखरियाकाे मेयरमा राैनियार निर्वाचित भएका थिए । अब नेपाली काङ्ग्रेसबाट पुनः मेयरमै चुनाव लड्ने राैनियारकाे तयारी छ । 

यस अघिदेखि नै मेयर राैनियार कांग्रेसकाे विभिन्न कार्यक्रममा सहभागि हुँदै आएका थिए । केहि महिना अघि नै मेयर राैनियार कांग्रेस प्रवेश गरेकाे गरेपनि औपचारिक रुपमा बिहिबार मात्र पार्टी प्रबेश गरेका हुन् । 

कांग्रेस जिल्ला अधिवेशनका निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीकाे सभापतित्वमा भएकाे कार्यक्रममा केन्द्रिय सदस्यद्वय रमेश रिजाल, अजय चाैरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरी, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, पूर्व जिल्ला सभापति अजय द्विवेदी, नेता अनिल रुगंटा, मधेश प्रदेशका खानेपानी तथा उर्जा बिकास मन्त्री ओमप्रकाश शर्मा लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...