Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सामा एक महिलाकाे गुप्ताङ्गमा लठ्ठी पसाइएकाे घटना सार्वजनिक, २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सामा आफ्नै श्रीमतीलाई बन्धक बनाएर कुटपीट गरी गुप्ताङ्गमा लठ्ठी पसाई गम्भीर घाइते बनाएको घटना सार्वजनिक भएकाे छ ।

एक ४६ वर्षीया महिलालाई निजकै श्रीमान र कान्छी श्रीमतीले अन्य ३ जना व्यक्ति बोलाई आफ्नै घरको कोठामा बन्धक बनाई कुटपीट गरी उनकाे गुप्ताङ्गमा लठ्ठी पसाई गम्भीर घाइते बनाएका हुन् ।

फागुन ९ गते भएकाे घटनामा संलग्न मध्ये फरार रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ निवासी ५१ बर्षिय महादेव भन्ने शेराजुल मियाँ र साेही ठाउँ निवासी ५० बर्षिय जाेहीरा खातुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएकाे हाे ।

दुबै जनालाई मंगलबार विहान ३;०० बजे धोबिनी गाउँपालिकाकाे वडा नं.५ बाट नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा सामूहिक जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

साथै वारदातपश्चात तत्काल भारततर्फ फरार रहेका पीडितको पति, निजकै कान्छी श्रीमती र अन्य १ जना व्यक्तिको तदारूकताका साथ खोजतलास भइरहेको समेत जानकारी प्रवक्ता खनालले गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...