Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

वीरगंजबाट भारी परिणाममा भन्सार छलीकाे कपडा बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले भन्सार राजश्व छली अवैध रुपमा भारतबाट नेपाल भित्र्याईएकाे ठूलाे परिणाममा कपडा बरामद गरेकाे छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएकाे टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. २५ रामगढवास्थित लक्ष्मण प्रसाद कुर्मीकाे घरमा छापा मारी ६५ पाेका कपडा बरामद गरेकाे हाे । 

कुर्मीकाे दुई तले घरकाे भुँई तलामा रहेकाे ३, ४ र ५ नं. काे ३ वटा सटर काेठा वीरगंज महानगरपालिकाकाे वडा नं. २० निवासी अनुप शर्माले भाडामा लिई लुकाई छिपाई राखेकाे कपडा बरामद गरिएकाे सशस्त्र प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले जानकारी दिए ।

सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतकाे कमाण्डमा १५ जना,  विओपि वीरगंजबाट सशस्त्र प्रहरी निरिक्षक सुवर्ण बहादुर बमकाे कमाण्डमा ९ जना र वीरगंज भन्सार कार्यालयका भन्सार अधिकृत तेज बहादुर रावलसहितकाे संयुक्त टाेलीले उक्त कपडा बरामद गरेकाे हाे ।

वडाध्यक्ष दशरथ राउत कुर्मी लगायत स्थानिय भद्रभलालमीहरुकाे राेहबरमा कानुनी पक्रिया पुरा गरी उक्त घरकाे खनतालासी गर्दा ६५ पाेक्का कपडा बरामद भएकाे सशस्त्र प्रहरी पर्साका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतले वताए । बरामद कपडा आवश्यक कारवाहीकाे लागि वीरगंज भन्सार कार्यालयमा राखिएकाे उनले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...