Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

वीरगंजबाट भारी परिणाममा भन्सार छलीकाे कपडा बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले भन्सार राजश्व छली अवैध रुपमा भारतबाट नेपाल भित्र्याईएकाे ठूलाे परिणाममा कपडा बरामद गरेकाे छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएकाे टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. २५ रामगढवास्थित लक्ष्मण प्रसाद कुर्मीकाे घरमा छापा मारी ६५ पाेका कपडा बरामद गरेकाे हाे । 

कुर्मीकाे दुई तले घरकाे भुँई तलामा रहेकाे ३, ४ र ५ नं. काे ३ वटा सटर काेठा वीरगंज महानगरपालिकाकाे वडा नं. २० निवासी अनुप शर्माले भाडामा लिई लुकाई छिपाई राखेकाे कपडा बरामद गरिएकाे सशस्त्र प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले जानकारी दिए ।

सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतकाे कमाण्डमा १५ जना,  विओपि वीरगंजबाट सशस्त्र प्रहरी निरिक्षक सुवर्ण बहादुर बमकाे कमाण्डमा ९ जना र वीरगंज भन्सार कार्यालयका भन्सार अधिकृत तेज बहादुर रावलसहितकाे संयुक्त टाेलीले उक्त कपडा बरामद गरेकाे हाे ।

वडाध्यक्ष दशरथ राउत कुर्मी लगायत स्थानिय भद्रभलालमीहरुकाे राेहबरमा कानुनी पक्रिया पुरा गरी उक्त घरकाे खनतालासी गर्दा ६५ पाेक्का कपडा बरामद भएकाे सशस्त्र प्रहरी पर्साका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतले वताए । बरामद कपडा आवश्यक कारवाहीकाे लागि वीरगंज भन्सार कार्यालयमा राखिएकाे उनले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...