Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

वीरगंजमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने

spot_img
spot_img

वीरगंज । वीरगंजमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । वीरगंज युथ एकेडेमीको आयोजनामा चैत २ गते देखि प्रतियाेता हुने जनाइएकाे छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिम सहभागि हुने जनाएकाे छ । क्लबका सचिव ऋतु शाक्यका अनुसार नेपालकाे  मधेस प्रदेशका  पाँच, बागमती प्रदेशकाे एक र भारत बिहारकाे दुई टिम सहभागी हुनेछन् ।

वीरगंजमा पहिलोपटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुन लागेकाे सचिव शाक्यले वताए ।

कोरोना संक्रमणका कारण लामो समय रोकिएको खेलकुदलाई चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको सचिव शाक्यले बताए । पुरुष मात्र नभई महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए।

सात दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु ३० हजार, प्रमाणपत्र र ट्रफी तथा उपविजेताले नगद रु १५ हजार, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले जनाएको छ ।

नारायणी रंगशाला अथवा आदर्शनगर रंगशालामा हुने प्रतियाेगितामा प्रबेश शुल्क समेत राखिने आयाेजकले  जनाएकाे छ । आयाेजकका अनुसार प्रतियाेगतामा अनुमानित १६ लाख जति खर्च हुने छ ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हजारा, नेपाल पत्रकार महासंघ पर्साका कार्य समिति सदस्य नरेश सर्राफ, अन्तराष्ट्रिय फुटबल खेलाडी ललिता थापा,  पर्सा जिल्ला खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष दिपक तिवारी लगायतकाे उपस्तिथी रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...