Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

दलितको प्रतिनिधित्व बढाउने राजनीतिक दलहरुकाे प्रतिवद्धता

spot_img
spot_img

वीरगंज । आगामी निर्वाचनमा दलित समुदायको प्रतिनीधित्व बढाउन पर्सा जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् । दलित सरोकार मञ्चले राष्ट्रिय दलित पत्रकार संघ पर्साको सहकार्यमा मंगलबार वीरगंजमा भएकाे एक अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलहरुले दलितको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

वीरगञ्जको बसपार्कस्थित होटल सिटी ईनमा भएकाे कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेलले सदियौँ देखि उपेक्षित दलित समुदायलाई लोकतान्त्रिक पार्टी काङ्ग्रेसले अवसर दिँदै आएको बताए । दलित समुदायबाटै हाल जीवन परियार पार्टीका केन्द्रिय सहमहामन्त्री बनेको बताउँदै पटेलले दलित समुदायलाई प्राथमिकतामा राख्दै आएको बताए ।

यस्तै नेकपा एमाले पर्साका कार्यबाहक अध्यक्ष डा. बिशम्बर शर्माले यसअघि पनि दलित समुदायबाट उम्मेदवार बनाउन पार्टी पछि नपरेको स्मरण गर्दै आगामी निर्वाचनमा पनि दलित उम्मेदवारको संख्यामा बृद्धि गर्ने दृढता व्यक्त गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमदले उद्देश्यअनुरुप र संख्यात्मक रुपमा दलितको हकहितका लागि कुनै पनि पार्टीले सन्तोषजनक काम नगरेको बताउँदै जसपाले केही हदसम्म भूमिका निर्वाह गरेको बताए । दलित समुदायभित्रको विखण्डनले गर्दा नै दलित समुदाय पछाडी परीरहेको चित्रण गर्दै सचिव अहमदले दलितहरुको एकताले दलित समुदाय सशक्न बन्ने विश्वास व्यक्त गरेका छन् ।

नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले पनि सबै वक्ताहरुको भनाइमा सहमती जनाउँदै आगामी निर्वाचनमा दलितहरुलाई नेतृत्वादायी भूमिका प्रदान  गर्नुपर्ने बताए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सर्राफले लोसपा जस्तो समावेशि पार्टी अरु हुनै नसक्ने दावी गरे । कम्युनिस्ट र काङ्ग्रेसहरु तानाशाही प्रवृतिबाट हावी भएको हुँदा ति पार्टीहरुले दलितको हकहतिका लागि कुनै ठोस काम गर्न नसक्ने आरोप सर्राफको छ ।

यस अघि सरोकार मंच नेपाल कै आयाेजनामा स्थानीय तहमा दलित समुदायको प्रतिनिधिहरुको अवस्था र भावी कार्यदिशा विषयक राजनितीक दलका भातृ संगठनका अगुवाहरूसंगकाे जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमका सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलनिकट दलित भातृ संगठनका प्रमुख एवम् प्रतिनीधिहरुले आ आफ्नो क्षेत्रका समस्याहरु सुनाएका थिए । कार्यक्रममा सहप्राध्यापक डा. बिजय प्रसाद मिश्रले प्रशिक्षण दिएका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय दलित पत्रकार संघ पर्साका सचिव सूर्यनारायण वि.क.ले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...