Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

गुणस्तरिय शिक्षा र लैंगिक समानता सम्बन्धि अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

वीरगंज । दिगो बिकासका लक्ष्य गुणस्तरिय शिक्षा र लैंगिक समानता सम्बन्धमा मधेश प्रदेशका युवाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ । युवा संस्थाले राइट हियर राइट नाउ र नेपाल एपीएफएसडी (नयाँ) को सयुँक्त सहकार्यमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

मधेश प्रदेशका ८ वटै जिल्लाबाट २२ जना युवाहरुको सहभागिता रहेकाे कार्यक्रममा मधेश प्रदेशभित्र दिगो बिकासका लागि गुणस्तरिया शिक्षा र लैंगिक समानता सम्बन्धमा देखिएका चुनौतीहरुको विषयमा छलफल भएकाे थियाे । छलफलको क्रममा सहभागिहरुले शिक्षा क्षेत्रभित्रका बेथिती एवम् बिसंगती र अपर्याप्त भौतिक पूर्वाधार लगायतका चुनौतीहरु औँल्याएका थिए ।

दक्ष जनशक्तिको अभाव, बनेका नियम कानुनहरु कार्यन्वयन नहुनु, पिर्तसतात्मक सोच, अन्धविश्वास लगायतका प्रवृतिको पतन नहुँदसम्म गुणस्तरीय शिक्षा र लैंगित समानताले सार्थकता नपाउने सहभागी युवाहरुको धारणा थियो । सातवटै प्रदेशका युवाहरुलाई समावेश गरेर गुणस्तरिय शिक्षा र लैंगिक समानता सम्बन्धमा सचेत बनाउने र नयाँ पुस्ताको धारणालाई निर्णायक क्षेत्रमा पु¥याउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको युवा संस्थाकी कार्यक्रम संयोजक श्रेया श्रेष्ठले बताइन् ।

यसअघि ६ वटै प्रदेशमा सम्पन्न भईसकेको कार्यक्रम शनिबार मधेश प्रदेशको पर्सा जिल्ला सदरमुकाम वीरगञ्जमा सम्पन्न भएको हो ।

पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, सिराहा र धनुषाका युवाहरुले आ–आफ्नो जिल्ला र गाउँमा गुणस्तरिया शिक्षा र लैंगिक समानतासम्बन्धी विद्यमान चुनौतीहरु प्रस्तुत गरेका थिए । चुनौतीसँगै ति चुनौतीहरुको समाधानका लागि स्थानीय एवम् प्रदेश सरकारले गरीरहेका पहलहरुको बारेमा पनि युवाहरुले चासो देखाएको संस्थाकी कार्यक्रम संयोजक श्रेष्ठको भनाई छ ।

युवाहरुको क्षमता अभिवृद्धि र व्यक्तित्व बिकासका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको युवाले नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउनका लागि कार्यक्रम गरिरहेको संस्थाकी सूचना अधिकारी स्नेहा ताम्राकारले बताइन् । उनका अनुसार युवाहरुले प्रस्तुत गरेका चुनौती, समस्या समाधानका लागि भएका पहलहरु र युवाहरुको धारणालाई अब राष्ट्रियस्तरको छलफलमा लिएर बहसको विषय बनाइनेछ ।

त्याँहाबाट पनि मुख्य प्राथमिकताका विषयहरुलाई अन्तराष्ट्रियस्तरमै लिने ताम्राकारको भनाई छ । युवा संस्थाले गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको र यस्ता कार्यक्रमको निरन्तरताले पछिल्लो पिँढीका युवाहरुमा नेतृत्वदायी भूमिकाको विकास हुने कार्यक्रममा सहभागी सप्तरीकी अर्चना परियारले प्रतिक्रिया दिइन् ।

युवाहरुलाइ जागरुप बनाउनुका साथै सम्बन्धीत निकायलाई प्रश्न सोध्न सक्ने क्षमता अभिवृद्धिका लागि पनि कार्यक्रम उपलब्धीमुलक भएको छलफलमै सहभागी वीरगञ्जका दिपु वर्णवालले बताए । अरुले गर्ने कार्यक्रमहरुमा महिला तथा पुरुष मात्रै सहभागी हुने गरेपनि यो कार्यक्रममा खुलेरै यौनीक तथा लैङ्गिक अल्पसङ्ख्यकको समेत उपस्थिती हुनुले पनि केही हदसम्म परिवर्तन भएको आभाष युवा संस्थाका आँशु कुमार सर्राफले गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...