Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाल पौराणिक र लोक आस्थाको देश हो : सांसद यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले वीरगञ्जम एउटा मन्दिरको लोकार्पण गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को बदननगरको स्कुल रोडस्थितत प्राण प्रतिष्ठा महायज्ञ सर्वकल्याणकारी राम जानकी मन्दिरको सांसद यादवले लोकार्पण गरेका हुन् ।

सर्वकल्याणकारी राम जानकी मन्दिर संरक्षण समितिका अध्यक्ष राजु राज गिरीको सभापतित्वमा भएको कार्यक्रममा सांसद् यादव र प्रदेश सांसद जनत अन्सारीले संयुक्त रुपमा मन्दिरको लोकार्पण गरेका थिए ।

लोकार्पण कार्यक्रममा बोल्दै सांसद् यादवले नेपाल पौराणिक र लोक आस्थाको देश भएको बताए । आफुले पहल गरेर निर्माण भएको मन्दिर लोकार्पण गर्न पाउँदा खुशी र गर्वान्वित महसुस भइरहेको बताउँदै सांसद् यादवले मन्दिरबाट जिल्लामा पर्यटकीय रुपले पनि उपलब्धि हुने बताए ।

“आफ्नो धर्म, आस्था र संस्कृतीसँग प्रत्यक्ष रुपमा जोडिएको मन्दिरको लोकार्पण गर्न पाउँनु आफैमा एउटा सौभाग्य पनि हो । आज मैले यस्तो सौभाग्य प्राप्त गरेको छु,” उनले भने । सांसद् यादवले आफ्नो पहलमा प्रदेश सरकारबाट १५ लाख रुपैयाँको बजेट उपलब्ध गराएपछि मन्दिर निर्माणको काम सुरु भएको थियो ।

विगत २७ वर्षदेखि मन्दिर बनाउन स्थानीयहरुले संघर्ष गरिरहेको बेला सांसद यादवको पहलमा प्रदेश सरकारबाट १५ लाख रुपैयाँ र स्थानीय सरकारको केहि सहयोगमा कुल ४५ लाखको लागतमा निर्माण भएको संरक्षण समितिका अध्यक्ष राजु राज गिरीले जानकरी दिए ।

मन्दिरको लोकार्पण कार्यक्रममा प्रदेश सांसद जनत अन्सारी, डा. रविन्द्र सिंह, राजेश सर्राफ, सन्तोष सह गुप्तालगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...