Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

पत्रिकाकाे बार्षिकाेत्सवकाे अवसरमा मैत्रिपूर्ण फुटबल प्रतियाेगिता, पत्रकारकाे समुह विजयी

spot_img
spot_img

वीरगंज । पर्साका पत्रकार र निजामती कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । वीरगंजबाट प्रकाशित कालिका टाईम्स दैनिक पत्रिकाकाे प्रथम बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारहरुको टोली ७–३ गोल अन्तरले विजयी भएको हो ।

प्रदेश प्रहरी विपद व्यावस्थापन गुल्मको खेलमैदानमा भएको खेलमा पत्रकारहरुको टोलीले पहिलो हाफमा ५–१ को अग्रता लिएको थियो । दोश्रो हाफमा पत्रकारहरुको टोलीले पुनः गोल गर्दै ६–१ को अन्तर बनाएको थियो ।

कर्मचारीहरुको टोलीले पत्रकारहरुको टोलीमाथि दबाव बढाउदै थप दुईगोल गरेपनि खेल समाप्तीमा ७–३ को अन्तरमा उपविजेतामा नै चित्त बुझाउनु पर्‍याे । विजयी भएका पत्रकारहरुको टोलीलाई प्रमुख अतिथि पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसियाले शिल्ड र मेडल वितरण गरेका थिए ।

त्यस्तै उपविजेता कर्मचारीहरुकाे टोलीलाई प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले शिल्ड वितरण गरेका थिए । विजेता टिमलाई पत्रकारहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले र उप विजेता कर्मचारीहरुलाई रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले मेडल लगाईदिएका थिए ।

 

प्रतियोगिताको उत्कृष्ट खेलाडी पत्रकारहरुको तर्फबाट मनोज पटेल घोषित भएका थिए । उनलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले शिल्ड तथा मेडल वितरण गरेका थिए ।

कालिका टाईम्स दैनिकका प्रवन्ध निर्देशक छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका महानगर अध्यक्ष ओमप्रकाश सर्राफ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, रेडियाे वीरगंज एवम् टिभि वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतम, प्रेस चौतारी पर्साका उपाध्यक्ष तुलसी भण्डारी, नेपाल निजामती कर्मचारी संगठन पर्साका उपाध्यक्ष संदिप पटेल लगायतले शुभकामना मन्तव्य वयक्त गरेका थिए ।

पत्रिकाका सम्पादक शम्भु कुमार सुमनले संचालन र कालिका टाईम्स अनलाइनका सम्पादक एवम् समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवानले स्वागत मन्तव्य राखेकाे कार्यक्रमममा पर्सागढी नगरपालिकाका मेयर लाेकनारायण यादव, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष सुबाेध गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका काेषाध्यक्ष संजिव मिश्रा, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति महममद सहाबुदिन, नेता रमेश पाण्डे, रामरुप कुर्मी, नविन सिंह, राकेश यादव, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवान, महासचिव राम प्रबेश साह, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, अनेरास्ववियु क्रान्तिकारीका शिवम साह, नेवि संघका दिलिप राज कार्की, मनाेज साह, डा. महेश सिंह धामी लगायतको आतिथ्यता रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...