Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

आफ्नै गाउँकाे मन्दिर उद्घाटनमा नेता साेनलकाे विराेध

spot_img
spot_img

वीरगंज । मन्दिर उद्घाटन गर्न पुगेका पूर्वमन्त्री जितेन्द्र सोनल आफ्नै गाउँबासीबाट लखेटिएका छन् । बाराको परवानीपुर गाउँपालिका वडा नं. ३ लिपनीमालमा निर्माण सम्पन्न भएको ब्रह्मबाबाको मन्दिर उद्घाटन गर्न शनिवार मन्त्री सोनल दलबलका साथ लिपनीमाल पुगेका थिए । तर स्थानीयहरुले पूर्वमन्त्री सोनलसँग मन्दिरको उद्घाटन गराउन नमानेपछि विवाद सृजना भएको थियो ।

स्थानीहरुका अनुसार राय सल्लाह बिना पूर्वमन्त्री सोनलले मन्दिरको शिलालेखमा आफ्नो नाम लेखाउनका लागि मन्दिर उद्घाटन गर्न खोजेको भन्दै विरोध जनाएका थिए । स्थानीयहरुले नेता सोनलले मन्दिरमा समेत राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ८ लाख एवं स्थानीय सरकारको ५ गरी कुल १३ लाख रुपंैयाको लागतमा निर्माण भएको मन्दिरको शिलान्यसको क्रममा पनि विवाद भएको थियो ।

मन्दिर उद्घाटनको क्रममा कैचीबाट रिबन काट्न खोज्दा हो–हल्ला गर्दै स्थानीयहरु नेता सोनल माथि खनिएका थिए । सो क्रममा विवादले उग्ररुप लिएपछि मन्दिर उद्घाटन गर्न नपाउदैं पूर्वमन्त्री सोनल प्रहरी सुरक्षाको घेरामा भागेका थिए । उनको सुरक्षामा खटिएका प्रहरीलाई भिडलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । सो क्रममा स्थानिय तथा पूर्वमन्त्री सोनलका पक्षधरहरु बिच धक्कामुक्की समेत भएको थियो ।

दोहरो विवादको क्रममा मन्त्री सोनल सहितका केही स्थानियहरुलाई समेत सामान्य चोटपटक लागेको स्थानिय युवा नेता राजेश यादवले बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार परवानीपुरमा मन्दिर उद्घाटनको क्रममा समान्य विवाद भएको भए पनि स्थानियहरुकै रोहवरमा विवाद सामान्य भएको थियो । यता, गाउँबासीको विरोधका कारण मन्दिरको उद्घाटन नगरी नेता सोनल भागेको स्थानीय युवा यादवको भनाई छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाको केन्द्रीय सदस्यमा पर्साकी सांसद सुनिता चौधरी निर्वाचित, डा. नन्दन यादव पराजित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा पर्साकी समानुपातिक प्रतिनिधिसभा सदस्य सुनिता कुमारी चौधरी केन्द्रीय सदस्यमा निर्वाचित...

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...