Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

मुक्त कमैया सवालमा परामर्श कार्यशाला

spot_img
spot_img

वीरगंज । नेपालमा कृषी बधुवा मजदुरहरु हरवाचरवा तथा मुक्त हलिया, कमैया प्रणालीको अन्त्यका लागि संयुक्त रणनिति निर्माणका लागि मंगलबार लुम्बीनी प्रदेशको बुटवलमा मुक्त कमैया सवालमा प्रदेश स्तरको परामर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यशाला गोष्ठीको उद्घाटन गर्दै संबिधान सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी बिनोद पहाडीले नेपालमा शोषणको मारमा परेका बर्ग समुदायको समग्र मुक्तिका लागि एकिकृत क्रान्ति जरुरी रहेको वताए । साथै उनले आवाजबिहीनहरुको आवाज बुलन्द गर्न एकिकृत आन्दोलन र संगठनको अपरिहार्यता रहेको वताए ।

४८ दिने बादी आन्दोलनले गर्दा नै नेपाल सरकार आन्दोलनकारी समक्ष झुकेको उदाहरण उनले प्रस्तुत गरेका थिए ।

राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्माले अहिले पनि नितिगत सवालमा दोहोरोपना भएकोले दाश प्रथाको अवशेषको रुपमा रहेको हरवाचरवा, मुक्त हलिया र कमैयाहरुको बास्तविक मुक्ति हुन नसकेकोले उनीहरुले मानवअधिकार र स्वतन्त्रताको अनुभुति गर्न नसकेको वताए ।

त्यसका लागि नयाँ युगको शुरुवात नयाँ ढंग र परिवेशबाट हुनुपर्ने कुरा औल्याए । द फ्रिडम फण्डका परामर्शदाता एवं कानुनी सल्लाहकार बालाराम भट्टराईले समाजमा अन्यायपुर्ण श्रम सम्बन्धी बाँकी रहेसम्म बाध्यकारी श्रम उन्मुलन नहुने भएकोले यसका लागि साझा र ऐक्बयबद्धतापुर्ण अभियाको आवश्यकता रहेको कुरा औल्याए ।

साथै उनले आधुनिक दासत्व प्रणालीका लागि नेपाल सरकारले तिनवटै तहमा आवश्यकतामुखी कानुन निर्माण गरि त्यसको प्रभावकारी कार्यान्वयन र अनुगमन संयन्त्रको बिकास गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा जिफण्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम, एक्सन एड ईन्टरनेसनल नेपालका सुजात श्रमनेरा, दियालो कमैया महिला जागरण समाजका केन्द्रीय सचिव संगीता थारु, मुक्त कमैया तथा सुकुम्बासी संगम समाजका अध्यक्ष भक्त बिश्वकर्मा र नेपालका अध्यक्ष तारा थापाले आ आफनो बिचार ब्यक्त गरेका थिए ।

मुक्त कमैया समाजका केन्द्रीय कोषाध्यक्ष हरीचन्द्र चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय सदस्य मीना परियारले सहभागिहरुलाई स्वागत गरेकी थिइन भने कार्यक्रमको सहजीकरण राष्ट्रिय दलित नेटवर्कका टीम लिडर हुकुम बहादुर सार्कीले गरेका थिए ।

कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ्ग जिल्लाबाट सहभागि मुक्त कमैया संगठनका प्रतिनिधिहरुका बिचमा सञ्चालन गरिएको उक्त कार्यक्रममा यस अघि सम्बन्धित ५ वटा जिल्लाहरुमा आयोजना गरिएका परामर्श गोष्ठीहरुको निष्कर्ष प्रस्तुतीकरणका आधारमा मुक्त कमैया सवालमा स्थानिय स्तरमा आशा गरिएका साना परिवर्तनहरु र प्रादेशिक स्तरमा आशा गरिएका साना परिवर्तनहरुको पहिचान गरि त्यसको प्राथमिकिकरण गरिने र त्यसलाई राष्ट्रिय स्तरको संयुक्त रणनिति योजना कार्यशाला गोष्ठीमा प्रस्तुत गरिने कुरा कमैया महिला जागरण समाजका परियोजना अधिकृत दुर्गा चौधरीले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...