Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026

जसपा पर्सा दुई गुटमा विभाजित, नयाँ जिल्ला अध्यक्षमा अन्सारी

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा)को पर्सा दुई गुटमा विभाजित भएको छ । जसपाको एक समूहको बैठकले आइतबार जिल्ला तदर्थ समितिकाे नयाँ अध्यक्ष चयन गरेपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको हो ।

वीरगन्जमा बसेको जिल्ला कार्यसमितिका एक समुहकाे बैठकले जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको पद खारेज गरेर अब्दुल रहिम उर्फ मन्जुर अन्सारीको अध्यक्षतामा जिल्ला तदर्थ समिति गठन गरेको हो । अन्सारी प्रदेश सांसद पनि हुन् ।

जिल्ला कार्य समितिका बहुमत सदस्यहरुको बैठकले जिल्ला अध्यक्ष रामनरेश यादवको पद खारेज गरेर जिल्ला तदर्थ समितिको अध्यक्षमा अन्सारीलाई चयन गर्ने निर्णय गरेको जसपाका जिल्ला उपाध्यक्ष बासुदेव यादवले बताए ।

 उनका अनुसार ८३ सदस्यमध्ये ६२ जनाले रामनरेश यादवको पद खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । अन्सारीलाई जिल्ला अध्यक्ष बनाउने निर्णयसमेत गरिएको छ,’ उनले भने बैठक बोलाएर जिल्ला अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नका लागि जिल्ला अध्यक्ष रामनरेश यादवलाई पटक–पटक आग्रह गरिएको थियो ।

जिल्ला अध्यक्ष यादवले अटेर गरेपछि उनको पद खारेज गरेर अन्सारीलाई जिल्ला अध्यक्ष बनाइएको जिल्ला उपाध्यक्ष यादवले बताए । रामनरेश यादवले बहुमत सदस्यलाई समेत नजरअन्दाज गरेर एकलौटी तरिकाले पार्टीलाई आफ्नो अनुकूल चलाउन खोजेपछि उनको पद खारेज गरिएको उपाध्यक्ष बासुदेव यादवको भनाइ छ ।

आइतबारको बैठकमा जसपाका नेतासमेत रहेका जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी, जसपाका जिल्ला उपाध्यक्ष बासुदेव यादव, नगर अध्यक्ष ईश्वर चन्द्र यादव, नेता जरी लामा, सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष प्रदीप जयसवाललगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।   

यता, जिल्ला अध्यक्ष रामनरेश यादव र जिल्ला सचिव तबरेज अहमदले संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै काेठै बैठककाे नाउमा माैजुदा जिल्ला कार्य समितिका अध्यक्षलाई खारेज गरी नयाँ अध्यक्ष चयन गरेकाे हस्यास्पद र घिनाैना कार्य भएकाे जनाएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा सडक विस्तार अभियान तीव्र, बुधबार पनि डोजर सञ्चालन

वीरगंज । वीरगंजकाे मुख्य सडक विस्तार अभियान अन्तर्गत बुधबार पनि डोजर सञ्चालन गरिएको छ । अभियानको तेस्रो दिन मुर्ली चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका सडकका...

वीरगंजलाई सफा र अतिक्रमणमुक्त बनाउन ‘एक्सन टिम’ गठन, सरफुद्दिन मियाँलाई नेतृत्व

वीरगंज । वीरगंज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको ‘एक्सन टिम’को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मा दिएको छ...

इन्टर्याक्ट क्लबका नवनिर्वाचित पदाधिकारीलाई नेतृत्व प्रशिक्षण

वीरगंज । इन्टर्याक्ट क्लब अफ मिनिल्याण्ड स्कुलले शैक्षिक सत्र २०२६–२७ का लागि नवनिर्वाचित पदाधिकारीहरूको नेतृत्व क्षमता, व्यवस्थापन सीप तथा सेवामूलक कार्यप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्ने...