Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

महिला साफ च्याम्पियनसिप : नेपाल र भारत खेल्दै, फाइनलमा पुग्न नेपालले बराबरी खेले पुग्ने

spot_img
spot_img

काठमाण्डाै । १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपालको ३ खेलमा ७ अङ्क छ ।

समान अङ्क भए पनि गोलअन्तरका आधारमा बङ्गलादेश पछाडि छ । भारतको तीन खेलमा ६ अङ्क छ । आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।

नेपालसहित भारत, भुटान, श्रीलङ्का र बङ्गलादेश गरी पाँच टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । शीर्ष दुई टोली उपाधिका लागि बुधवार खेल्नेछन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...