Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

विद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनल लोटस र नेरामाबी बकुलिया खेल्ने

spot_img
spot_img

वीरगंज । सिमरामा जारी अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि लोटस एकेडेमी सिमरा र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया खेल्ने भएका छन् ।

सिमरा रंगशालामा बिहिबार भएको अन्तिम सेमिफाईनल खेलमा राष्ट्रिय विभुती शिक्षा सदन डुमरवानालाई फराकिलो अन्तरले पराजित गर्दै लोटसले प्रतियोगिताको फाईनलमा स्थान बनाएको हो ।

आकास मोक्तान एक्लैले चार गोल गर्दा राष्ट्रिय विभुती लोटससँग ५–० ले पराजित भयो । लोटसका लागि पाँचौँ गोल विवेक बुढाथोकीले ६२औँ गरेका थिए ।

खेलको १६औँ मिनेटमा आकासको गोलबाट पहिलो अग्रता बनाएको लोटस पहिलो हाफमा १–० को स्थितीमा सिमित रह्यो । दोस्रो हाफमा विभुतीको फितलो रक्षापंक्तीको फाईदा उठाउँदै आकासले नै लगातार थप तीन गोल गरे । उनले खेलको ४३औँ मिनेटमा दोस्रो गोल गरेका थिए । तेस्रो र चौथो गोल क्रमसः ५१औँ र ६० औँ मिनेटमा गरे ।

टिमका लागि चार गोल गरेका आकास खेलको म्यान अफ द म्याच भए ।

प्रतियोगिता संयोजक सोनु क्षेत्रीका अनुसार फाईनल खेल शनिबार हुनेछ । उपाधिको अर्को दावेदार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया यसअघी नै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जलाई हराउँदै फाईनल पुगिसकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...