Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

नेरामावि बकुलिया ग्रासरुट फुटबलको फाईनलमा

spot_img
spot_img

वीरगंज । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जलाई २–० ले हराउँदै प्रतियोगिताको फाईनलमा पुगेको हो ।

अमलेखगञ्जलाई उपाधी होडमा उभ्याउन अमिउल्लाह मिया र रविन्द्र चौधरीले गोल गरे । खेलको १४ मिनेटमा अमिउल्लाहको गोलबाट पहिलो अग्रता बनाएको अमलेखगञ्जका लागि दोस्रो गोल रबिन्द्रले ५१ औँ  मिनेटमा गरेका थिए ।

सुरुवाती देखी नै दवावमा परेको अमलेखगञ्जले गोलका लागि अवसर बनाउन नसक्दा उपाधि होडबाट बाहिरिएको छ ।

खेलको म्यान अफ द म्याच बकुलियाका अमिउल्लाह घोषित भए । प्रतियोगिता अन्तर्गत बिहिबार राष्ट्रिय विभुती शिक्षा सदन डुमरवाना र लोटस एकेडेमी सिमरा खेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...