Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

रेडियाे वीरगंज २० औं बर्षमा प्रबेश

spot_img
spot_img

वीरगंज । मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले साेमबारबाट आफनो प्रसारणको १९ वर्ष पुरा गरी २० औँ बर्षमा प्रवेश गरेको छ । 

समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगंजले १९ औ वार्षिकोत्सवको अवसरमा गत मंसिर १८ गते वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ भने मंसिर २५ गते राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको सहभागितामा खुला सांस्कृतिक कार्यक्रम सम्पन्न समेत गरि सकेको छ ।

रेडियो वीरगंजले १९ बर्ष पुरा गरी २० औं बर्षमा प्रवेश गरेको अवसरमा रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले एक प्रेस विज्ञप्ती जारी गरी रेडियोका आम स्रोता, विज्ञापनदाता, शुभचिन्तकहरु प्रति आभार प्रकट गरेका छन् । उनले सबैको अपार स्नेहका कारण रेडियो वीरगंज मध्य तराईका श्रोताहरुको ढुकढुकी बन्न सफल भएको बताए ।

श्रोता, विज्ञापनदाता र शुभचिन्तकको अपार माया, स्नेह र सहयोगको कारण रेडियो वीरगंजले रेडियो पोखरीया, टिभी बीरगंज संचालन गरि रहेको र टिभि वीरगंजले बार्षिक उत्सवको अवसरमा २७ गते  साेमबारदेखि नै नियमित प्रशारण हुने भएको साहद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी केहि समय भित्रै म्युजिक एफ.एम. समेत संचालनमा आउने जनाईएको छ । कार्यकारी अध्यक्ष साहद्वारा जारी विज्ञप्तीमा १९ बर्ष सम्म रेडियो वीरगंजलाई अपार माया, स्नेह, प्रदान गर्ने स्रोता, विज्ञापनदाता, शुभचिन्तकहरुको विश्वासलाई थप मजबुद बनाउँदै जाने प्रबिद्धता समेत व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...