Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

रेडियाे वीरगंज २० औं बर्षमा प्रबेश

spot_img
spot_img

वीरगंज । मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले साेमबारबाट आफनो प्रसारणको १९ वर्ष पुरा गरी २० औँ बर्षमा प्रवेश गरेको छ । 

समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगंजले १९ औ वार्षिकोत्सवको अवसरमा गत मंसिर १८ गते वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ भने मंसिर २५ गते राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको सहभागितामा खुला सांस्कृतिक कार्यक्रम सम्पन्न समेत गरि सकेको छ ।

रेडियो वीरगंजले १९ बर्ष पुरा गरी २० औं बर्षमा प्रवेश गरेको अवसरमा रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले एक प्रेस विज्ञप्ती जारी गरी रेडियोका आम स्रोता, विज्ञापनदाता, शुभचिन्तकहरु प्रति आभार प्रकट गरेका छन् । उनले सबैको अपार स्नेहका कारण रेडियो वीरगंज मध्य तराईका श्रोताहरुको ढुकढुकी बन्न सफल भएको बताए ।

श्रोता, विज्ञापनदाता र शुभचिन्तकको अपार माया, स्नेह र सहयोगको कारण रेडियो वीरगंजले रेडियो पोखरीया, टिभी बीरगंज संचालन गरि रहेको र टिभि वीरगंजले बार्षिक उत्सवको अवसरमा २७ गते  साेमबारदेखि नै नियमित प्रशारण हुने भएको साहद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी केहि समय भित्रै म्युजिक एफ.एम. समेत संचालनमा आउने जनाईएको छ । कार्यकारी अध्यक्ष साहद्वारा जारी विज्ञप्तीमा १९ बर्ष सम्म रेडियो वीरगंजलाई अपार माया, स्नेह, प्रदान गर्ने स्रोता, विज्ञापनदाता, शुभचिन्तकहरुको विश्वासलाई थप मजबुद बनाउँदै जाने प्रबिद्धता समेत व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...