Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

भारत पञ्जाबकी २१ वर्षीया हरनाज बनिन मिस युनिभर्स २०२१

spot_img
spot_img

भारतकी हरनाज कौर सन्धु ‘मिस युनिभर्स २०२१’ बन्न सफल भएकी छन् । उनी ० औं मिस युनिभर्स बनेकी हुन् । सोमबार बिहान इजराइलको इलियटमा आयोजित कार्यक्रमकाबीच उनलाई मिस युनिभर्स घोषित गरिएको हो । 

भारतको पञ्जाबकी २१ वर्षीया हरनाजले पराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी ललेला मसवानेलाई हराउँदै मिस युनिभर्सको ताज जितेकी हुन् । सन् २०१७ मा हरनाजले ‘मिस चन्डीगढ’ जितेकी थिइन् । उनले अर्को वर्ष २०१८ मा ‘मिस म्याक्स इमर्जिङ इन्डिया २०१८’ पनि जितेकी थिइन् । उनले सन् २०१९ मा ‘मिस इन्डिया’ पनि सहभागिता जनाएकी थिइन् । उनी सो प्रतियोगिताको टप १२ सम्म पुगेकी थिइन् । 

यसअघि सन् १९९४ मा भारतकी सुष्मिता सेनले पनि मिस युनिभर्सको ताज पहिरिएकी थिइन् । यसैगरी, सन् २००० मा लारा दत्ताले जितेकी थिइन् । 

नेपालबाट ‘मिस युनिभर्स २०२१’ मा ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत पनि सहभागी थिइन् ।  ​

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...