Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न ७ विद्यार्थी संगठनको चेतावनी

spot_img
spot_img

सात विद्यार्थी संगठले त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गरेका छन्।

सात विद्यार्थी संगठनले बिहिबार  एक विज्ञप्ति जारी गर्दै आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने स्पष्ट पारेका छन्।

उनीहरूले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन शसक्त प्रतिरोधमा उत्रने चेतावनीसमेत दिएका छन्।

विज्ञप्ति निकाल्नेमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियू कार्यबहाक अध्यक्ष वसिम आलाम, जसपा निकट समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपा निकट अखिल क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर छन्।

यस विषयलाई लिएर त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको खेद व्यक्त गर्दै विद्यार्थी आन्दोलनलाई एक्यवद्धता जनाउन शुक्रवार १ बजे किर्तिपुर क्याम्पसमा बृहत प्रदर्शनसहित सभाको आयोजना गर्ने विद्यार्थी संगठनहरुले जनाएका छन्।

‘सिटीभिटीले चिकित्सा शिक्षा ऐन विपरित गर्न खोजेको भर्नाको बारेमा हाम्रो ध्यानाकर्षण भएको छ। रोकिएको पिसिएल नर्सिङको भर्ना तत्काल खुलाउन माग गर्दछौं। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कबाहेक थप शुल्क उठाउने मेडिकल कलेजलाई कारबाही गर्न सरकारसँग माग गर्दछौं। अन्यथा विद्यार्थी आन्दोलनले नै कारवाही गर्ने चेतावनी दिन चाहन्छौं,’ विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्वाञ्चल विश्वविद्यालयले विगत डेढ वर्षअघि लिएको परीक्षाको परीक्षाफल आजसम्म प्रकाशन नगरेकाले विद्यार्थीहरुको करियरलाई असर परिरहेको छ । यस्ता विषयमा गैरजिम्मेवार नबन्न पदाधिकारीलाई खवरदारी गर्दछौं। र विश्वविद्यालयको क्यालेन्डर बनाई कडाईका साथ कार्यान्वयन गर्न माग गर्छौं।.

दैनिक उपभोग्य बस्तुमा भएको महँगीलाई नियन्त्रण गर्न सरकारले कदम चाल्नुपर्ने भन्दै विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्धको आन्दोलनलाई सशक्त बनाउँदै थप कठोर कार्यक्रम सार्वजानिक गर्ने जनाएका छन्। सेतोपाटी साभार

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...