Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

अम्बानीलाई पछ्याउदै विक्की कौशल–कट्रिना कैफ

spot_img
spot_img

विक्की कौशल र कट्रिना कैफ राजस्थानमा विवाह बन्धनमा बाँधिदैछन् । ८ डिसेम्बरमा बिहान ११ बजे यो जोडीको हल्दी सेरेमनी हुनेछ र त्यसपछि आफ्टर पार्टी हुनेछ । ९ डिसेम्बर दिउँसो यी दुई विवाह बन्धनमा बाँधिनेछन् । यो विवाहलाई गोप्य बनाउनका लागि विवाहमा आउने हरेक पाहुनाले जिरो मोबाइल पोलिसी अपनाउनुपर्नेछ ।

विवाहका बेला कसैलाई पनि मोबाइल फोन भित्र लैजाने अनुमति छैन । यसैबीच यदि कसैले आफ्नो मोबाइल कुनै आवश्यक काममा लागि लैजान चाहन्छन् भने उनीहरुको मोबाइल क्यामरामा ‘डिजिटल मिडिया सिक्योरिटी स्टिकर’ लगाइनेछ । यस्तो गरेपछि पाहुनाले भित्र कुनै पनि प्रकारको फोटो र भिडियो खिच्न पाउने छैनन् । स्रोतलाई विश्वास गर्ने हो भने यदि कसैले स्टिकर निकाल्ने कोसिस गरेको खण्डमा उनीहरुमाथि कानुनी कारवाहीसमेत हुनसक्छ ।

अम्बानीको छोराको विवाहमा यस्तै गरिएको थियोः

यसअघि यो प्रविधिको प्रयोग मुकेश अम्बानीका छोरा आकाश अम्बानीको विवाहमा भएको थियो । आज पनि कोही अम्बानीको घरभित्र जान्छन् भने उनीहरुले मोबाइल स्टिकर प्रोटोकलको पालना गर्नुपर्ने भारतीर सञ्चार माध्यमले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...