Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

स्थानिय सरकार परियाेजना व्यवस्थापन समितिकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । स्थानीय सरकार परियाेजना व्यवस्थापन समितिकाे बैठक तथा स्थानीय सरकारका पदाधिकाहरुरीसंग अन्तरक्रिया कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएकाे छ ।

“स्वदेशमा नै राेजगारी गराैं, बैदेशिक राेजगारीमा जाने नै भए सही सूचना लिएर र शीप सिकेर मात्र जाऔं” मुल्य नाराका साथ संचालित सुरक्षित आप्रवासन (सामी) परियाेजना पर्सा जिल्लाकाे वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका र ठाेरी गाउँपालिकामा संचालनमा रहेकाे छ ।

वीरगन्ज महानगरपालिकाकाे आयाेजना, हेल्भेटासकाे प्राबिधिक सहयाेग तथा सेवा प्रदायक संस्था दिब्य युवा क्लब, पर्साकाे सहजीकरणमा वीरगन्ज महानगरपालिकाकाे सभाहलमा बसेकाे बैठकमा साेही परियाेजनाकाे बिषयमा छलफल भएकाे दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले जानकारी दिए । 

बैठकमा पर्सा जिल्लाका स्थानीय तहहरूले आफ्नाे आवधीक याेजनामा सामी परियाेजनालाई राखेर प्रत्येक वर्ष बजेट बिनियाेजन गर्ने सहमति भएकाे उनले वताए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रख प्रमुख विजय कुमार सवरावगी, पाेखरियाे नरगपालिकाका नगर प्रमुख दिपनारायण रा‌ैनियार, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, ठाेरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, वीरगंज महानपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चलचल राज पाण्डे, धाेबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह,  हेल्भेटासका तालिम संयाेजक सनत सापकाेटा, प्रदेश २ का प्रदेश संयाेजक विजय ठाकुर, पर्सा जिल्लाका कार्यक्रम अधिकृत शिवचरण साह राैनियार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...