Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

स्थानिय सरकार परियाेजना व्यवस्थापन समितिकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । स्थानीय सरकार परियाेजना व्यवस्थापन समितिकाे बैठक तथा स्थानीय सरकारका पदाधिकाहरुरीसंग अन्तरक्रिया कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएकाे छ ।

“स्वदेशमा नै राेजगारी गराैं, बैदेशिक राेजगारीमा जाने नै भए सही सूचना लिएर र शीप सिकेर मात्र जाऔं” मुल्य नाराका साथ संचालित सुरक्षित आप्रवासन (सामी) परियाेजना पर्सा जिल्लाकाे वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका र ठाेरी गाउँपालिकामा संचालनमा रहेकाे छ ।

वीरगन्ज महानगरपालिकाकाे आयाेजना, हेल्भेटासकाे प्राबिधिक सहयाेग तथा सेवा प्रदायक संस्था दिब्य युवा क्लब, पर्साकाे सहजीकरणमा वीरगन्ज महानगरपालिकाकाे सभाहलमा बसेकाे बैठकमा साेही परियाेजनाकाे बिषयमा छलफल भएकाे दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले जानकारी दिए । 

बैठकमा पर्सा जिल्लाका स्थानीय तहहरूले आफ्नाे आवधीक याेजनामा सामी परियाेजनालाई राखेर प्रत्येक वर्ष बजेट बिनियाेजन गर्ने सहमति भएकाे उनले वताए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रख प्रमुख विजय कुमार सवरावगी, पाेखरियाे नरगपालिकाका नगर प्रमुख दिपनारायण रा‌ैनियार, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, ठाेरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, वीरगंज महानपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चलचल राज पाण्डे, धाेबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह,  हेल्भेटासका तालिम संयाेजक सनत सापकाेटा, प्रदेश २ का प्रदेश संयाेजक विजय ठाकुर, पर्सा जिल्लाका कार्यक्रम अधिकृत शिवचरण साह राैनियार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...