Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026

पर्सामा १८ बर्ष माथीकाे सबैलाई खाेप लगाउन अभियान संचालन

वीरगंज । पर्सामा १८ बर्ष माथिकाे सबै व्यक्तिलाई खाेप लगाउन खोप अभियान संचालन हुने भएकाे छ । कोभिड १९ विरुद्धको खाेप  ‘हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौं’ भन्ने नाराका साथ मंसिर २२,२३ र २४ गते पर्सा जिल्लाको सबै स्थानिय तहहरुमा खाेप अभियान संचालन हुने जिल्ला खोप समन्वय समिति पर्साका संयाेजक प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

- Advertisement -

स्थानिय तहको सहकार्यमा जिल्लाको सबै स्वास्थ्य संस्था तथा आवश्यकताको आधारमा तत्कालै खोप केन्द्र थप हुने गरी हाल ४ सय ७५ जना स्वास्थ्यकर्मी स्वयंसेवक व्यवस्थापक तथा ७६५ जना सामुदायीक महिला स्वयसेविकासहितको टिम परिचालन गरी १२९ स्थानबाट खोप अभियान सञ्चालन गर्न लागिएकाे प्रमुख जिल्ला अधिकारी ढकालले वताए ।

स्वास्थ्य कार्यालय पर्साले जिल्ला प्रशासन कार्यालयमा आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा वाेल्दै अधिकारी ढकाले खोप लिन बाँकी रहेका १८ वर्ष उमेर भन्दा माथिका सबै व्यक्तिलाई खोप लगाउने गरि तयारी रहेकाे वताए ।

उनले भने “त्यसका लागि जिल्लामा १ सय २९ वटा खोप केन्द्र ताेकिएका छन् । आवश्यकता परेको खण्डमा खोप केन्द्र थप्न पनि सकिन्छ । वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, आदर्शनगर चोक, भन्सार र ड्राईपोर्ट चोकमा समेत खोप केन्द्र स्थापना भएका छन् । पोखरिया नगरपालिकामा हाट बजार लाग्ने अभियानको दिन थप एउटा खोप केन्द्र सञ्चालन गर्ने गरि तयारी गरिएको छ ।” 

भेरोसेल सिनोफार्म खोपको पहिलो मात्रा वा पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोपको समेत सुनिश्चितता गरिएकाे छ । त्यसैले अभियानमा भेरोसेल सिनोफार्म खोपको छुटेको दोस्रो मात्रा पनि खोप प्रदान गर्ने गरि तयारी गरिएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमाेद ठाकुरले वताए ।

उनका अनुसार गर्भाअवस्थाको पहिलो त्रैमासिक पुगेको सबै गर्भवतीलाई पनि खोप दिईने छ । खोप अभियान सफल बनाउन स्थानीय तहलाई महिला स्वयंसेविकालाई घर घरमा पठाएर खोप लाग्दै गरेको बारेमा जानकारी गराउन आग्रह गरिएको छ ।

यसअघि भेरोसेल कोभिडसिल्ड वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा लिएकालाई खोप कार्डको आधारमा दोस्रा मात्रा सम्बन्धित पालिकाले नै अभियानको अन्तिम दिन दिने गरि व्यवस्था मिलाइएकाे स्वास्थ्य निरिक्षक ठाकुरले जानकारी गराए ।

उनले भने “अभियानलाई अझ प्रभावकारी बनाउन कोभिड–१९ विरुद्धको प्रदेश स्तरिय कार्यक्रम सञ्चालन मार्गदर्शन २०७८ बमोजिम हाल निजी तथा गैर सरकारी अस्पतालहरुमा पनि खोप सेवा सञ्चालन हुने गरी व्यवस्था मिलाएका छौं । आवश्यकता अनुसार थप हुनेगरी हाललाई वीरगञ्ज विर्तास्थित नारायणी सेन्ट्रल हस्पीटलमा आईतबार, गण्डकस्थित वीरगञ्ज हेल्थ केयर हस्पिटलमा मंगलबार र वीरगंज घन्टाघर लिंकरोडस्थित भवानी हस्पीटलमा बिहिबार भेरोसिलको पहिलो वा खोप कार्डको आधारमा दोस्रो मात्रा खोप सेवा लिन सकिने गरि स्वास्थ्य कार्यालय पर्सा र वीरगंज माहानगरपालिकाको समन्वयमा व्यवस्था मिलाइएको छ ।”

खोप अभियानका लागि जिल्लामा प्रयाप्त मात्रामा खोप

विशेष खोप अभियानका लागि जिल्लामा प्रयाप्त मात्रामा खोप  रहेकाे खाेप समन्वय समिति पर्साले जनाएकाे छ । समितिका अनुसार यस अभियानमा लक्ष्य अनुसार खोप आपुर्तीको व्यवस्था मिलाइएको छ । ४३ हजार भेरोसेल खोप जिल्लामा आईसकेको छ । स्वास्थ्य कार्यालयले पालिकालाई आवश्यक खोप मंगलबारदेखी पठाईरहेको छ र थप ६० हजार खोप पथलैया प्रादेशिक खोप स्टोरमा पर्सा जिल्लाको लागी सुनसश्चित गरि आवश्यकताको आधारमा आपुर्तिहुने गरी राखिएक छ ।

पर्सा जिल्ला पटक पटक कोरोना संक्रमणको केन्द्र बनिसकेको अवस्था छ । त्यसैले जोखिम कायमै छ भनेर हामीले बुझ्नुपर्छ र आम जनसमुदायलाई पनि त्यसैगरि बुझाउनु पर्छ । नयाँ भेरियन्टको संक्रमण भित्रिन नदिन, भित्रिहालेको खण्डमा संक्रमितको उपचार गर्न आवश्यक तयारीहरु भईरहेकाे प्रमुख जिल्ला अधिकारी ढकालकाे भनाई छ ।

पर्सामा १८ बर्षमाथिका ३० प्रतिशतले खाेप लगाए

२०७८ साउन यता ७ पटक खोप अभियान सञ्चालन भईसकेको छ । त्यसक्रममा पर्सा जिल्लामा हालसम्म १ लाख ३२ हजार १ सय २८ जनाले दोस्रो मात्रा खोप लगाईसकेका छन् । जसमध्ये ९ हजार ७ सय ६४ जनाले कोभिसिल्डको दुवै डोज, ६६ हजार ३ सय ७५ जनाले भेरोसेलके दुवै मात्रा, ३४ हजार ५ सय ७ जनाले जनसन सिंगल डोज र २१ हजार ९ सय ८२ जनाले एष्ट्राजेनेकाको दुवै डोज खोप लगाएका छन् । जिल्लामा १८ वर्ष भन्दा माथिका लक्षित समुदायको संख्या ४ लाख ४५ हजार ३ सय ६८ जना छ । हालसम्म ३० (२९.६७) प्रतिशतले मात्रै खोप लगाएको अवस्था छ ।

जिल्ला खोप समन्वय समिति पर्साले पौष मसान्तभित्र दुई तिहाई नागरिक अर्थात ६६ प्रतिशतलाई खोप लगाई सक्ने लक्ष्य लिएर काम अघि बढाएको छ । वर्तमान परिस्थितिलाई मध्यनजर गरेर पर्सामा कोरोना भाइरस विरुद्ध विशेष खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको खाेप समन्वय समितिले जनाएकाे छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ओलीको रिहाइ माग्दै एमालेद्वारा देशभर ज्ञापनपत्र, पर्सामा मोटरसाइकल र्‍याली

वीरगंज । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। एमालेले आइतबार ७७ वटै जिल्ला...

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो। सिआइबीका...

दुसाद समाजको नेतृत्व सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी टोलमा अन्तर्राष्ट्रिय दुसाद समाजको पहलमा नेतृत्व सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल पासवान...