Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पाेखरियाकाे प्रमुख प्रशासकिय अधिकृतमा संदेश यादव

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमा संदेश कुमार यादव हाजिर भएका छन् । पर्सा कै पटेर्वा सुगाैली गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत समेत रहेका यादव पाेखरियाकाे थप जिम्मेवारी पाएपछि मंगलबार हाजिर भएका हुन् ।

पाेखरिया नगर कार्यपालिकाकाे कार्यालय पाेखरियामा हाजिर हुन पुगेका प्रमुख प्रशासकिय अधिकृत यादवलाई त्यहाँका जनप्रतिनिधि र कर्मचारीहरुले फुलकाे माला र अविरकाे टिका लगाई स्वागत गरेका थिए ।

पाेखरियाका प्रमुख प्रशासकिय अधिकृत अशाेक काेइरालाकाे सरुवा भएपछि अधिकृत यादवलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाेखरियाकाे थप जिम्मेवारी दिएकाे हाे ।

मंगलबार हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत यादवले साेही दिनदेखी कार्यभार समेत सम्मालेका छन् ।

पाेखरियाकाे प्रमुख प्रशासकिय अधिकृतकाे कार्यभार सम्माल्दै अधिकृत यादवले नगरवासीकाे आवश्यकतालाई मध्यनजर गर्दै जनप्रतिनिधिकाे समन्वयमा काम गर्ने वताए । उनले नगरपालिकाकाे कामकाज विगतकाे भन्दा सुधार गर्ने प्रयास गर्ने समेत प्रतिवद्धता जनाए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...