Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पाेखरियाकाे प्रमुख प्रशासकिय अधिकृतमा संदेश यादव

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमा संदेश कुमार यादव हाजिर भएका छन् । पर्सा कै पटेर्वा सुगाैली गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत समेत रहेका यादव पाेखरियाकाे थप जिम्मेवारी पाएपछि मंगलबार हाजिर भएका हुन् ।

पाेखरिया नगर कार्यपालिकाकाे कार्यालय पाेखरियामा हाजिर हुन पुगेका प्रमुख प्रशासकिय अधिकृत यादवलाई त्यहाँका जनप्रतिनिधि र कर्मचारीहरुले फुलकाे माला र अविरकाे टिका लगाई स्वागत गरेका थिए ।

पाेखरियाका प्रमुख प्रशासकिय अधिकृत अशाेक काेइरालाकाे सरुवा भएपछि अधिकृत यादवलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाेखरियाकाे थप जिम्मेवारी दिएकाे हाे ।

मंगलबार हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत यादवले साेही दिनदेखी कार्यभार समेत सम्मालेका छन् ।

पाेखरियाकाे प्रमुख प्रशासकिय अधिकृतकाे कार्यभार सम्माल्दै अधिकृत यादवले नगरवासीकाे आवश्यकतालाई मध्यनजर गर्दै जनप्रतिनिधिकाे समन्वयमा काम गर्ने वताए । उनले नगरपालिकाकाे कामकाज विगतकाे भन्दा सुधार गर्ने प्रयास गर्ने समेत प्रतिवद्धता जनाए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...